Friday, July 23

दुखद खबर, ग्यास सिलिण्डर वि:ष्फोटमा पूरै घर उड्यो, २ बालबालिकासहित ४ को मृ:त्यु !

March 28, 2021 147

काठमाडौं। भारतको झारखण्डमा एक घरमा ग्यास सिलिण्डर वि:ष्फोट हुँदा २ बालबालिकासहित ४ जनाको मृ:त्यु भएको छ । भारतीय मिडियाका अनुसार झरखण्डको गिरिडिहको तिसरी थाना षेत्रमा बुधन राय नामका व्यक्तिको घरमा वि:ष्फोट भएको हो । शनिबार अबेर राती सवा १० बजे सिलिण्डर वि:ष्फोट हुँदा पूरै घर उडेको थियो ।

जानकारी अनुसार बुधन राय परिवारसहित खाना खाएपछि सुत्न गएका थिए । यही बीच राती सवा १० बजेतिर अचानक घरमा राखिएको सिलिण्डर वि:ष्फोट भयो । विष्फोटमा बुधन रायकी पत्नी कामेश्वरी देवी, बुहारी सुनीता देवी, नाती आयुष कुमार र अर्का नवजात नातीको मृ:त्यु भएको छ । घरमा जीवित रहेकाहरु पनि घरको भग्नावशेषमा दबिएका थिए ।

बुधन रायले खानीमा वि:ष्फोट गराउनको लागि वि:ष्फोटक पदार्थको आपूर्ति गर्ने र घटनाका बेला उनको घरमा वि:ष्फोटक पदार्थ समेत भएको बताइएको छ । डिएसपी सन्तोष मिश्राका अनुसार उद्धार कार्य भइरहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्