काठमाडाैं, ११ चैत । नेपाल सरकारले क्षयरोग नियन्त्रणमा बर्सेनि करोडौं बजेट खर्च गरे पनि औषधि प्रतिरोधी बिरामीको संख्या बढिरहेको पाइएको छ। विश्व क्षयरोग दिवसको अवसरमा मंगलबार राष्ट्रिय क्षयरोग निवारण केन्द्रले नेपालमा औषधि प्रतिरोध क्षयरोग नियन्यत्रणमा चुनौती बनिरहेको जनाएको छ।
क्षयरोग श्वास–प्रश्वासको माध्यमबाट सर्ने माइक्रोब्याक्टेरियम ट्युबरकोलोसिस नामको किटाणुबाट हुने सरुवा रोग हो। यो रोग संक्रमित व्यक्तिले खोक्दा निस्केको किटाणु हावामार्फत अर्को व्यक्तिको फोक्सोमा पुग्छ। दोस्रो व्यक्तिकोे शरीरको प्रतिरक्षा क्षमता कमजोर भएमा क्षयरोग हुन्छ।
विश्व स्वास्थ्य संगठनको अनुसार नेपालमा प्रतिवर्ष २ हजार २ सय जना औषधि प्रतिरोधी क्षयरोगी थपिइरहेका छन्। गत आर्थिक वर्षमा औषधि प्रतिरोधी ३ सय ८४ जनालाई नियमित उपचारमा ल्याइएको थियो। यो हिसाबले ८३ प्रतिशत औषधि प्रतिरोधी बिरामी उपचारबाहिरै छन्। उनीहरूलाई नियमित उपचारमा ल्याउन चुनौती बनेको केन्द्रका प्रमुख डा. अनुज भट्टचनले बताए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिकृया दिनुहोस्