Saturday, December 4

अमिर खानलाई कोरोना संक्रमण

March 24, 2021 246

काठमाडौं, ११ चैत्र । बलिउड स्टार अमिर खानलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनका प्रवक्ताले यसको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।खान संक्रमित भएपछि होम क्वारेन्टाइनमा बसेको बुझिएको छ । उनी सामान्य अवस्थामा रहेको जनाइएको छ ।

खान पछिल्लो समय लाल सिंह चड्डा चलचित्रमा व्यस्त छन् । उनी संक्रमित भएपछि फिल्मको सुटिङ केही समय प्रभावित हुने भएको छ ।यसअघि बलिउड नायक रणवीर कपूर र कार्तिक आर्यान र निर्देशक सञ्जय लिला बन्सालीलाई कोरोना संक्रमण भएको थियो ।

प्रतिकृया दिनुहोस्