Sunday, October 17

मेलम्ची पानी वितरण शुरु कहाँ कुन समय पानी (सूची सहित)

March 29, 2021 209

मेलम्चीको पानी घरघरमा वितरण भएको छ । सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकाँलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको हो । आइतबार दिउँसो महाँकाल चौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको छ । अनामनगर, मिनभवन, खुमलटारस्थित पोखरीमा भण्डारन गरिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने भएको छ । पहिलो चरणका आइतबार चार करोड लिटर पानी वितरण गरेको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने छ । तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानी पोखरी समेत गरी ८.५ करोड लिटर वितरण हुनेछ ।

चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथ भित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मीलन शाक्यले जानकारी दिनुुभयो । एयुुके एलले प्राप्त हुने पानीलाई वितरण तालिका तयारी गरी दैनिक वा दिन बिराएर धाराहरुमा वितरण गर्ने भएको छ ।

प्रमुख कार्यकारी अधिकृत शाक्यले भन्नुुभयो “वितरणको तालिका सम्बन्धित शाखा कार्यालयहरुको फेसबुुक, सूचना, जनसम्पर्क ईकाई मार्फत् उपलब्ध गराइएको छ,कतै पानी चुहावट भएमा, पानी नआएमा वा अन्य कुनैपनि समस्या भएमा केयुकेएल एप्स, इमेल र एसएमएसमार्फत् जानकारी दिएमा हामी तुुरुन्त प्राविधिक टोली पठाई हाल्छौं ।”

छिटो सेवा र अनुुगमनको लागि सबै शाखा कार्यालयहरुबाट यापिड रेस्पोन्स टिम स्थलगत रुपमा परिचालित रहेको शाक्उले जानकारी दिनुुभयो । केयुुकेएलले आइतबार महाँकाल चौरमा पत्रकार सम्मेलन गरी मेलम्ची आयोजना सम्पन्न गर्नका लागि योगदान गर्नुहुने, पूूर्वप्रधानमन्त्रीहरु, विभागिय मन्त्रीहरु, पूर्वप्रशासकहरु लगायत सम्पूूणलाई धन्यवाद प्रदान गरेको छ ।

हाल पुुरानै वितरण पाइपलाईनबाट वितरण गरिएको छ । सँगसँगै नयाँ पाइपलाईनको परीक्षण गरी वितरण गरिने भएको छ । मेलम्चीबाट प्राप्त १७ करोड लिटर र काठमाडौँ उपत्यकाको भूमिगत पानी ८ करोड लिटर गरी जम्मा २५ करोड लिटर पानी केयुुकेएलले वितरण गर्ने छ । काठमाडौँ उपत्यकामा हाल दैनिक ३४ करोड लिटर पानीको माग छ ।

दोस्रो परियोजना अन्तर्गत याङरी र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा आउने छ । दोस्रो परियोजना सम्पनन भएपछि काठमडौँ उपत्यकाका घरमा दैनिक ६ घण्टा पानी आउने छ । मेलम्चीको पानी वित रण सुरु भएपछि भूमीगत पानीको प्रयोग नगरिने केयुकेएलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्