Saturday, July 24

होली खेल्दा गज्ज्बसँग खुले आकाश र पूजा, हेर्नुहोस् यो रमाइलो भिडियो

March 29, 2021 77

काठमाडौँ । नायिका पूजा शर्मा र आकाश श्रेष्ठबिचको अफयेअरको हल्ला केही समय चल्यो । हल्लाकैबिचमा यो जोडी दुबई हानिए । तर उनीहरु ब्यक्तिगत घुमघामका लागि नभएर चलचित्र छायांकनका लागि गएका थिए । विदेशबाट फकिएपछि यो जोडीका फेरी रोमाञ्चक तस्विर बाहिरिएका छन् । जहाँ उनीहरुले रमाइलो गर्दै एकासाथ होली मनाइरहेका तस्विर र भिडियोहरु भाइरल बनिेका थिए ।

काठमाण्डौका विभिन्न स्थानमा होली खेल्दै पूजा र आकाश बुढानिलकण्ठसम्म पुगेका थिए । सो अवसरमा नायक आकाश श्रेष्ठले कोरोनाका कारण खुम्चिएर होली मनाउन पर्दा रमाइलो नभएको बताए । होली जस्तो उल्लासको पर्वमा कोरोनाका कारण लगातार २ वर्ष नै प्रभावित हुँदा खुल्न र रमाउन समस्इा भएको बताए ।

सो अवसरमा नायिका पूजा शर्माले पनि होलीमा यसपटक सोधेर मात्र रंग लगाइदिने संस्कार बसेकोमा उनले खुशी ब्यक्त गरिन् । पूजले पहिले–पहिले एक सातादेखि नै बाटोमा हिड्न समस्या भने यसपटक नदेखिँदा आँफुलाई धेरै खुशी लागेको पूजाले बताइन् ।

प्रतिकृया दिनुहोस्