Wednesday, October 27

घरबाट होली खेल्न निस्केका थिए, मोटरसाइकल दुर्घटनामा परी संसार छाडे

March 29, 2021 125

दाङ – मोटरसाइकल दु’र्घटनामा परी दाङमा एक जनाको मृ’त्यु भएको छ, भने थप दुई जना गम्भीर घाइते भएका छन्। दाङको बबई गाउँपालिका वडा नं. ३ हंसपुर स्थित पिसियो चोकमा सोमबार आज भएको मोटरसाइकल दु’र्घटनामा परी घाइते भएका मध्य बबई ५ का १९ वर्षीय गोविन्द पुनको मृ’त्यु भएको छ।

उनको उपचारका क्रममा साँझ ६ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उक्त दु’र्घटनामा परी बबई वडा नं ५ का २७ वर्षीय ध्रुव घर्ती र बबई ४ का २५ वर्षीय देवराज रजाली गम्भीर घाइते भएका छन्। घाइतेमध्ये घर्तीलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको बताइएको छ।

त्यस्तै अर्का घाइते रजालीको पनि तुलसीपुरमै उपचार भइरहेको छ।रा ४ प १४४३ नम्बरको एउटै मोटरसाइकलमा तीन जना सवार थिए। उनीहरू होली खेल्नका लागि हिँडेका थिए भन्ने खुलेको छ। मोटरसाइकल तीव्र गतिमा भएका कारण उनीहरू दु’र्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्