Saturday, November 27

बैतडी घटनामा भागरथीको भजाइनल स्वावको रिपोर्ट आयो, घटनाले लियो अर्कै मोड

March 25, 2021 261

काठमाडौ । बैतडीकी भागरथी भट्टको घटनामा अभियुक्त दिनेश भट्ट नै दो षी रहेको पुष्टि भएको छ । यस अघि दिनेशले आफुलाई ध म्की दिएर आरोप स्वीकार गर्न लगाएको वयान दिएपछि घटनाको मोड बदलिएको थियो । तर भजाइनल स्वाबवाट निकालिएको डिएनए दिनेशसंग मिलेपछि उनी नै घटनामा संलगन भएको प्रमाणीत भएको हो ।

भागरथीको कर णी पछि घटना गराइएको प्रमाणीत भएको हो । दिनेशको डिएनएसँग भागरथीको भनाइजल स्वाबबाट निकालिएको डिएनए मिलेको प्रहरीले खुलाएको हो ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले अभियुक्त दिनेश भट्टको डिएनए मिलेको जानकारी दिएका छन् । उनले भने,‘घटनामा दिनेश भट्ट नै संलग्न भएको बलियो तथ्य प्रमाण मिलेको छ ।’ उनले प्रमाण सरकारी वकिलको कार्यालयमा बुझाउने समेत बताए ।

दिनेशका वुवाले पत्रकार सम्मेलन गर्दै आफ्नो छोरा घटनामा संलग्न नभएको भन्दै वास्तविक दो षी समेत अर्कै भएको दावी गरेका थिए । उनले सरकारी कर्मचारी घटनामा संलग्न भएको कुरा आफ्नो छोराले बताएको दावी गरेका थिए । पछिल्लो घटनाक्रमलाई प्रहरीले घटनालाई ट्वीस्ट गर्न खोजिएको प्रतिकृया दिएको छ ।

तथ्य प्रमाणहरु अझ मिलेबाट दिनेश नै संलग्न हुन् भन्ने पुष्टि गर्ने आधार मिलेको प्रहरीको भनाई छ । यसअघि दिपायलस्थित सुधारगृहमा राखिएका दिनेशले बयान फेर्दै घटनामा आफू संलग्न नभएको दाबी गरेको विषय बाहिर आएको थियो । उनको परिवारले घटनामा अर्को व्यक्ति संलग्न रहेको र दिनेशलाई फ सा इ ए को दाबी गरेको थियो ।

किशोर दिनेशले आफूले दिदी समानकी भागरथीलाई यस्तो गर्नै नसक्ने भन्दै आफन्तहरुलाई भनेका थिए । घटनामा दोहडा केदार गाउँपालिकाको प्राविधिक कर्मचारीको संलग्नताको आरोप लगाइएको थियो । प्रहरीले त्यो दाबीलाई असत्य भनेको छ ।

प्रतिकृया दिनुहोस्