Wednesday, September 22

आजदेखि शनिबारसम्म देशभरकै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय;

March 30, 2021 104

आजदेखि शनिबारसम्म देशभरकै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय
सरकारले चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। वायु प्रदुषण अत्यधिक बढेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले मंगलबारदेखि ४ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै सरकारले केहिदिनका लागि भएपनि बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले केटिएम दैनिकलाई दिएको जानकारीअनुसार देशभरकै विद्यालयहरु भोली मंगलबारबाट ४ दिनको लागि बन्द गर्ने निर्णय गरिएको छ । त्यसपछि पनि वायु प्रदुषण नघटेमा मन्त्रालयले थप निर्णय लिनेछ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

पूर्व निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालयहरू तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरूले स्वास्थ्य सजगता अपनाउदै परीक्षाका कार्यक्रमहरू सञ्चालन गर्न सक्ने उनले बताए ।
यस विषम परिस्थितिमा आफ्ना बालबालिकाहरूलाई विद्यालय विदा भएको अवस्थामा घरभित्रै रहने व्यवस्था मिलाइ स्वास्थ्य प्रतिकूलतावाट जोगाउन सबै अभिभावकहरूमा मन्त्रालयले अनुरोध समेत गरेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्