Saturday, September 18

गाउँमा श्रीमती बि’रामी, काठमाडौंमा आँशु बगाउँदै लक्ष्मीप्रसाद भन्छन – ‘बेलुकीदेखि केही खाएको छैन’

April 30, 2021 122

स्थान : कलंकी, बाबा पेट्रोल पम्प छेउ । समयः दिउँसो साढे १२ बजे ।सडक किनारमा एक अधवैंशे पुरुष टु’क्रुक्क बसेका छन् । छेउमा दुईवटा जेब्रा झोला र एउटा प्लाष्टिकको बोरा छ । तिनमा केही लुगाफाटा पोको पारेका छन् । घरि यता, घरि उता गरिरहन्छन् ।

झोला देखेरै उनको बेचैनीको कारण बुझ्न गाह्रो हुँदैन ।कोरोना भाइरसको दोस्रो लहरको चेन ब्रेक गर्न प्रशासनले बिहीबारदेखि काठमाडौं उपत्यकामा नि’षेधाज्ञा जारी गरेको छ । कैलालीको लम्कीका लक्ष्मीप्रसाद जैसी घर फर्किने गाडी नपाएकाले कलंकीमा अलपत्र परेका हुन् ।

‘सिन्धुपाल्चोकमा म’जदुरी गरिरहेको थिएँ,’ उनले भने, ‘बुधबार कैलालीमा रहेकी श्रीमती मनकुमारी बि’रामी भएको खबर पाएँ ।’ काम गर्न थालेको एक महिना मात्र भएको थियो, श्रीमती बि’रामी भएको खबर सुनेपछि ठेकेदारले घर जान त दियो, तर पैसा दिएन ।

उनले पी’डा सुनाए, ‘ठेकदार गाउँकै थियो, का’उन्टरमा पुगेर फोन गर्नु भनेको थियो, तर २ बजे बसपार्क आइपुग्दा सिटै रहेनछ ।’उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नि’षेधाज्ञा लगाएको पनि थाहा थिएन । ठेकेदारले पनि केही भनेनन् । बुधबार गाउँ फर्किने गाडी नपाएपछि राजधानी काठमाडौंमा अलपत्र परेको उनले सुनाए ।

बसपार्कमै बिहीबारबाट निषेधाज्ञा लाग्दैछ भन्ने थाहा पाए ।कलंकी पुग्न पाए, साँझसम्ममा केही भेटिन्छ कि भन्ने लाग्यो । तर, राति १२ बजेसम्म पनि घर जाने कुनै उपाय नि’स्किएन । त्यसपछि कलंकी आसपास कतै रात क’टाउन सकिन्छ कि भन्दै हिँडे, नजिकै एक फर्निचर उ’द्योगमा सुत्ने ठाउँ देखे र त्यहीं सुते ।

‘घरबाट कहाँ पुगिस् भनिरहन्छन् । आफू यहाँ केही नखाई बाटोमा बसेको छु,’ गहभरि आँशु टिलपिल पार्दै लक्ष्मीप्रसादले भने– ‘कसैले कोहलपुरसम्म भएपनि लगिदिए हुन्थ्यो । त्यहाँबाट जसोतसो ल’म्कीसम्म जान्थे ।’ झिसमिसेमै पुनः सडक किनारमा आए । तर, बेलुकीसम्म घर जाने कुनै उपाय भेटिएको छैन ।

‘बेलुकीदेखि केही खाएको छैन’जैसीका अनुसार कैलालीको ल’म्कीबाट केही किलोमिटरभित्र रहेको गाउँमा बसेर पेट पाल्न गाह्’रो भएपछि उनी काम खोज्दै भारत गएका थिए । सिम्लामा स्या’उ टि’प्ने जागिर पाएपछि श्रीमती मनकुमारीलाई पनि त्यतै लगे ।

तर, श्रीमती स्याउको रुखबाट खसेपछि पेटमा चो’ट लाग्यो, उपचारपछि घरै फर्किए । घर त आए तर, दुई छोरालाई कसरी पाल्ने ? कान्छो छोरा जय भ’र्खर कक्षा ९ मा पढ्दै थिए, जेठा २१ वर्षीय छोरा प्रकाशको खु’ट्टामा स’मस्या छ, उनको अ’पाङ्ग परिचयपत्र छ ।

घर आएपछि परिवारको जिम्मेवारी लक्ष्मीप्रसादकै काँ’धमा थियो । दुई छोरीको बिहे भइसक्यो । गाउँमा बसेर परिवार धान्नै गा’ह्रो थियो । कामको खोजी न’लागी उपाय थिएन । त्यहीबेला गाउँकै चिनजानका ठेकेदारले उनलाई सिन्धुपाल्चोक बोलाए । त्यहाँ उनी टावर बनिरहेको ठाउँमा उनी ढुंगा बो’क्ने काम गरिरहेका थिए ।

‘ठेकदारले खान खाएर दिनको तीन सय, न’खाइ आठ सय रुपैयाँ दिने भनेको थियो,’ उनी भन्छन्, ‘घर जान्छु भन्दा पनि पैसा पाइन, अहिले मोबाइल नै स्वी’चअफ छ ।’सिन्धुपाल्चोकबाट आएदेखि पैसा नहुँदा केही नखाएको उनी बताउँछन् । ‘यही बस्ने एकजना दिदीले खाउँ भन्नु भएको थियो, तर पनि खान मन लागेन,’ उनले भने ।

सडकमा रुझ्दै गाडीको प’र्खाइ-नि’षेधाज्ञाका कारण गाडी नआएको अहिले उनलाई थाहा छ । तर कहाँ जाने के गर्ने सो’च्न पनि सकेका छैनन् । बाटोमा ब’सिराख्दा केही आइहाल्छ कि भन्ने आशमा छन् ।उनले प्रहरीसँग पनि सहयोग नमागेका होइनन् ।

‘कलंकी चो’कमा बसेका ट्राफिकलाई भनेको थिएँ, तर उल्टै न’हिंड्नु भन्दै कराए,’ लक्ष्मीप्रसादले सुनाए । श्रीमती र छोराले दिउँसो पनि फोन गरेर, ‘कहाँ आइपुग्नु भयो’ भनेर सोधेको सम्झिंदा उनी भ’क्कानिए ।‘घरबाट कहाँ पुगिस् भनिरहन्छन्, आफू यहाँ केही नखाई बाटोमा बसेको छु,’

ग’हभरि आँशु टिलपिल पार्दै उनी बोले, ‘कसैले कोहलपुरसम्म भए पनि लगिदिए हुन्थ्यो, त्यहाँबाट जसोतसो ल’म्कीसम्म जान्थे ।’कुराकानीपछि हामी नि’स्कियौं, अपरान्ह ना’गढुंगाबाट फर्किएर कलंकी पुग्दा द’र्के झ’री परिरहेको थियो । लक्ष्मीप्रसाद अझै सडक किनारमा गाडी कु’रिरहेका थिए ।अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस्