Friday, June 18

सपना रोका मगर खानासहित बाटोमा ,पल शाह रिलको नभइ वास्तविक हिरो ,यसरी बाढ्दै खाना ,यशो भन्छिन् उनी (हेर्नुस् भिडियो)

May 30, 2021 104

को हुन् त सपना रोका मगर जो अहिले नेपालमा सबैको मनमस्तिष्कमा परिचित छिन् ?

चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन् ।गलत साथसङ्गतबाट पनि उनी पर रहन नसकेको स्मृति गर्छिन् ।

कुनै समय नेपालका सञ्चार माध्यमले वेवास्था गरेकी बहिनीलाई जब बेलायतद्वारा सञ्चालित बीबीसी खबरले सय प्रेरणादायी महिलाका रुपमा उनलाई शूचिकृत गर्यो तब मात्र उनको बारेमा लेख्न नेपाली मिडियाहरु होडबाजीका साथ उपस्थित भए । बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ।

राजधानी शहरमा अवस्थित पशुपति आ´र्यघाटमा बेबारिसे ला´सहरुको अन्तिम संस्कार गर्दै आएकी सपना रोका मगरलाई बीबीसीद्वारा यस वर्षको सय प्रेरणादायी महिलाका रुपमा शूचिकृत गरिएको छ । हाल १८ वर्ष मात्र पुगेकी सपनाले यस्तो काम गरिरहेकी छिन् जुन एउटा किशोर वा किशोरीको लागि अनौठो मात्र हैन सुन्दै अपत्यारिलो पनि छ ।

आफन्त बिनाको श´व फेला पार्न साथै त्यसको अन्तिम संस्कार गर्न उनी सक्रियतापूर्ण संलग्न रहन्छिन । उनी भन्छिन् “यस संसारमा हजारौँ मानिस घरबिहिन छन, उनीहरुको घर भने पनि महल भनेपनि यस सडक नै हो । तसर्थ उनीहरुले राम्रो सँग अन्तिम संकार पाउनु पर्छ । यसकारण म यो काम सामाजिक सेवाका लागि भन्दा पनि आफ्नै मन शान्तिको लागि गर्छु । ”

उनले अहिलेसम्म ३५ भन्दा धेरै लाशहरुलाई ब्यवस्थापन गरिसकेकी छिन् । उनी यस संगठन संगै आवद्घ छिन् उनको यस संगठनले सडकबाट परित्यक्त श´वहरु प्राप्त गर्दछ र ती ला´शहरुलाई पोस्टमार्टम जाँचको लागि अस्पताल लाने ब्यवस्था गर्दछ । यदि ३५ दिन सम्म पनि ला´सको खोजी गर्न कोही पनि उपस्थित भएन भने संगठनले यसलाई सम्सान घाटमा ल्याई अ´न्तेस्टि गर्ने काम गर्दछ ।

आफू विरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका थिए।सपनाले फागुन २ गते विनय जङ्ग विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँ जाहेरी दिएकी थिइन्।

उनलाई काठमाडौँको नयाँ बसपार्कबाट पक्राउ गरिएको परिसरका एसएसपी अशोक सिंहले बताएका थिए।
सपनाले बस्नेतविरुद्ध आफूलाई दुर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्।बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतवि`रूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन।

बस्नेतले युट्युबमा सपना रोका मगरका नां`गा तस्वीर देखाइदिने भन्दै ध`म्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिएका थिए।सपनाले बस्नेतविरूद्ध अ`भद्र व्यवहारको मुद्दा जाहेरी दिएको उनले बताएका थिए।

सपनाले शुक्रबार नै जाहेरी दिन खोजेकी थिइन्। शुक्रबार र शनिबार सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले बताएका थिए।

बिनयको रिहाइको माग गर्ने जमातहरु बढेको थियो ।निश्पक्ष छानबिन हुनुपर्नेमा जोड दिदै आफुहरुले कुरा राख्दै गर्दा प्रहरी त्यो पनि पुरुषले आफू महिलामाथि हस्तक्षेप गरेको र दमन आफुहरुले नसहने र प्रहरिको यस्तो चर्किकलालाई आफुहरुले सहन नसक्ने पनि बताएका थियो ।त्यती मात्रै हैन रिहाइको माग गर्नेले उग्र रुपनै लियो ,ज्वालामाथि प्रहरिले दमन समेत गर्यो,सपना उपर जवाफदेही हुनुपर्ने समेत जोड दिइएको थियो ।

नभन्दै केही दिन अघि सामान्य धरौटिमा बिनयजङ छुटेसगै अहिले फेरि आफ्नो कर्मथलो घा`टमा ला`स पोल्ननै सक्रिय देखिए बिनयजङ ।छोरी सपनाले बिर्सिएपनि म बिर्सिन्न भन्दै सपनालाई सम्झेर खुब रोए बिनयजङ त्यति मात्रै हैन आफ्नालाइ पाखा र परकालाई काखा गर्दा मेरो यस्तो हालत भएको समेत जिकिर गरेका थिए ।

लकडाउन अगावै सपना फेरि आफ्नो पहिलेकै अवस्थामा फर्किएकि थिइन ।बिहान कलेज जान्छिन् र दिउँसो भने ला`शलाई दागबत्ती दिन्छिन् ।पछिल्लो पाचदिनमा आफुले १० जनालाई दागबत्ती दिसकेको समेत बताएकि थिइन् ।

अहिले तिनै सपना दिन दुखि पिडित र भोकालाई खाना खुवाउन भन्दै सडकसम्म आएकि छिन् ।उनले हाम्रो टिम नेपालको स-परिवार सहित नायक पल शाहको खुलेरै प्रशंसा गरेकि छिन् ।आफ्नो कामको आलोचना धेरै ले गर्ने गरेको र जस्ले आफुलाई माथि पुर्यायो उसैले तल फ्यालिदियो भन्दै उनी भावुक पनि भइन ।उनको यो सतकर्मलाई सलाम ।

यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।

अहिले नायक तथा मोडल पल शाहले देशका विभिन्न भुभागबाट खालि सिलिन्डर संकलन गर्दै त्यस्लाई भरेर आवश्यक संक्रमितहरुलाई बाढिरहेको परिपेक्षमा उनीले बारामा खालि सिलिन्डर भरेर काठमाडौं तर्फ भरि सिलिन्डर बोकेर लागेका थिए ।काठमाडौं पश्चात् दाङ जाने उनले आफ्नो स्ट्याटसमा लेखेका थिए ।पल शाह बास्तवम‌ै रिलको मात्रै नभइ रियल हिरो समेत हुन् ,उनले प्रमाणितनै जो गरेका छन् ।

थप हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्