Tuesday, May 11

रंगशालाको बिषयले लियो उग्ररुप धुर्मुस शुन्तलीलाई प्रहरीको फन्दामा समाजकल्याण तर्सियो ( पुरा भिडियो सहित )

March 30, 2021 128

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला फोरस्ट्रिम्स कर्पोरेसनका संस्थापक जो मेर्री बर्कतले यो एप आफूलाई असाध्यै मन परेको र क्लब हाउस एप प्रयोग गर्नकै लागि आईफोन खरिद गरेको बताएका छन् । आखिरमा मानिसहरुलाई किन यति धेरै मन पर्‍यो त क्लब हाउस एप ?कोभिड १९ पछि बन्द भएका सार्वजनिक जमघट, लन्च पार्टी, अन्तरक्रियात्मक नेटवर्क तथा कार्यक्रम र सेमिनार सबैको अभावलाई यो एपले पुरा गरेको प्रयोगकर्ताहरु बताउँछन् ।

महामारीले सिर्जना गरेको शून्यतालाई क्लबहाउसले पुरा गरेको उनीहरुको अनुभव छ । साथै आफ्नो पहुँच पुुर्‍याउन नसक्ने व्यक्तिहरुलाई पनि प्रत्यक्षरुपमा सुन्न तथा भेट्न यो एपले प्लेटफर्म प्रदान गरेको प्रयोगकर्ताहरु बताउँछन् ।दाहरणका लागि यसै प्लेटफर्ममा आयोजना भएको कृयटिभ एसियन कम्युनिटी रुफको कार्यक्रमलाई मोडरेट गरेका टिफानी वू एलन मस्क र कान्ये जस्ता विश्वविख्यात हस्तीहरुलाई एउटै प्लेटफर्ममा भेट्न पाएकोमा हर्षविभोर थिइन् । पोडकास्ट जस्तै यसको अडियोमा आधारित प्रकृतिले प्रयोगकर्तालाई स्क्रिनको अगाडि नअडिएरै छलफल अन्तरक्रियामा संलग्न हुने अनुमति दिन्छ । प्रयोगकर्ताहरु जुनसुकै काममा व्यस्त रहँदा पनि यसलाई सुन्दै छलफलमा सहभागी हुन सक्छन् ।

वास्तवमा क्लबहाउस आफ्नै प्रकारको पहिलो यस्तो अन्तरक्रियात्मक पोडकास्ट हो । सामान्य पोडकास्टमा तपाईंले आफ्नो विचार आफैंभित्र राखेर सुनिरहनु मात्र पर्छ ।तर क्लबहाउसमा भने छलफलभित्र छिरेर त्यसलाई कस्तो बनाउने, वक्ता तथा स्रोताहरुलाई कुनै विषयवस्तु दिने हो कि तपाईंले यी सबै काम गर्ने अवसर पाउन सक्नुहुन्छ । साथै यसभित्र तपाईं विभिन्न विषयमा छलफल भइरहेको रुमदेखि अर्को रुममा जान सक्नुहुन्छ । नयाँ विषय र व्यक्तिहरुलाई फेला पार्न सक्नुहुन्छ ।

यसका सम्भावित खराब पक्ष क्लब हाउसको एउटा नराम्रो पक्ष साइनअपको प्रक्रियामा देख्न सकिन्छ । यसले तपाईंसँग तपाईंको कन्ट्याक्ट लिस्टमा एक्सेस माग्छ । ता कि तपाईं अन्य प्रयोगकर्ताहरुसँग एपमा जोडिन सक्नुहोस् ।तर यसमा क्लबहाउसले कन्ट्याक्ट डेटा प्रयोग गरेर आफ्नो प्लेटफर्मको सदस्य नै नबनेका व्यक्तिहरुको प्रोफाइल निर्माण गरिरहेको जस्तो देखिन्छ । यसमाथि युरोपेली सरकारहरुले देशको गोपनीयता नीति भंग गरेको भन्दै प्रश्न पनि उठाएका छन् ।

यो एपभित्र खुल्लारुपमा राजनीतिक छलफल हुन थालेपछि चीनले यो एपलाई नै बन्द गरिदिएको थियो । साथै क्लबहाउसको कम्युनिटी गाइडलाइनमा प्रयोगकर्ताहरुले एपभित्रबाट प्राप्त सूचनाको अनुवाद, रेकर्ड तथा शेयर गर्न नपाउने उल्लेख छ ।क्लबहाउसले रुम लाइभ हुँदा रेकर्ड त गर्दछ । तर केही समयपछि नै त्यसलाई डिलिट पनि गरिदिन्छ । तर हालसम्म प्रयोगकर्ताहरुलाई ट्वीटर तथा अन्य सोसल साइटमा अडियो लिक गर्नबाट क्लबहाउसले रोक्न नसकेको प्रयोगकर्ताहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्