Friday, June 18

पत्नीको हत्या आरोपमा पक्राउ

March 30, 2021 80

कास्की — पत्नीको हत्या गरेको आरोपमा कास्की प्रहरीले पतिलाई पक्राउ गरेको छ । पोखरा महानगर–२६ बरालडाँडाका ४९ वर्षीय देवबहादुर विकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

सोमबार जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।
डीएसपी हमालका अनुसार देवबहादुरले ४७ वर्षीया देवी जिसी विकलाई गत १४ गते कुटपिट गरेका थिए । ‘सामान्य घर झगडा भएपछि पत्नी कुटपिट गरेछन्,’ हमालले भने, ‘प्रहरीमा खबर आएको थियो । हामी घरमा नै गएर सम्झाइबुझाइ गरेर छाड्यौं । १५ गते फेरि झगडा भएछ र कुटपिट गरेछन् ।’

गम्भीर घाइते भएपछि देवीलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । अस्पतालले आइतबार उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले पतीलाई पक्राउ गरी नियन्त्रणमा लिएको बतायो । कुटपिट गर्दा देवीको टाउकोमा बढी चोट लागेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रतिकृया दिनुहोस्