Saturday, September 18

कागजी प्रक्रिया पूरा नहुँदा भारत पुगेका किशोरी ल्याउन ढिलाइ

March 31, 2021 163

भारतीय प्रहरी सामू किशोरीहरुले ‘आफूहरु गायिका बन्न हिँडेको’ बताए
महोत्तरी,धनुषा — भारतको बिहारको सीतामढीबाट सात नेपाली किशोरी तथा बालिकाहरुलाई नेपाल ल्याउने कानुनी प्रक्रिया लम्बिएको छ । बालिका तथा किशोरीको स्वास्थ्य परीक्षण लगायत अन्य कागजी प्रक्रिया पूरा नहुँदा उनीहरुलाई नेपाल ल्याउन ढिलाइ भएको हो ।

कानुनी प्रक्रिया गर्न प्रयाप्त समय लाग्ने भएकाले बुधबार उनीहरुलाई ल्याउन सम्भव नभएको सशस्त्र प्रहरीका प्रदेश प्रमुख डीआइजी सीपी गौतमले बताए । भारतमा बालबालिकाको हकहितका लागि काम गर्ने सीडब्लुजी, वाइलाइन लगायतका संघ संस्थाहरुले उद्धार गरिएका बालिका र किशोरीसँग छुट्टाछुट्टै सोधपुछ र कानुनी प्रक्रिया पूरा भएपछि बिहीबार मात्रै नेपाल ल्याउन सकिने उनले बताए ।
उद्धार गरिएका बालिका र किशोरीहरुलाई प्रक्रिया पूरा गरी नेपालबाट आएका सुरक्षा अधिकारी र अभिभावकलाई जिम्मा लगाउने सीतामढी रेल्वे प्रहरीका प्रमुख अशोक कुमारले बताए । उद्धार गरिएका सातै जनाको कोरोना परीक्षण समेत गरेर मात्रै नेपाल पठाइने उनले बताए ।

किशोरी लिन महोतरीबाट नेपाल सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली बुधबार सीतामढी पुगेको छ । भंगाहामा मंगलबार घाँस काट्न जाँदा बेपत्ता ७ किशोरी तथा बालिकालाई भारत, बिहारको सीतामढीबाट उद्धार गरिएको हो । भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षीया अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया अर्चना पासवान र रिया पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान छन् ।

प्रतिकृया दिनुहोस्