Thursday, December 2

कञ्चनको मृत्युपछि उठ्यो उनको परिवारकै बास: रुँदै हिडिन् आमा काठमाडौ, पुरै गाउँले विदाई गर्न आए (भिडियो हेर्नुस्)

March 26, 2021 287

ठमाडौ । कञ्चनको निधन भएको तीन साता वितिसकेको छ । प्रेममा पाएको धोकाले उनी संसारवाटै विदा भए । दुई महिना बढीको उपचारले पनि कञ्चनलाई बचाउन सकेन । उनले गाउँकै एक युवतीलाई माया गरेका थिए । कञ्चन तिमिल्सेनाले चितवनवाट आफुले माया गरेकी युवतीलाई विवाह गरेर आमा बस्दै आएको कोठा काठमाडौमा लिएर गएका थिए । आमाकै अगाडी उनले युवतीसंग विवाह गरेका थिए ।

तर युवतीका माइतीले उनीहरुको विवाह स्वीकार गरेनन् । जसका कारण कञ्चनले वि ष से वन गरे । अस्पतालमा उपचारकै क्रममा कञ्चन दुई महिना पछि संसार छोडे । कञ्चनको आमाको माग छ, कञ्चनको श्रीमती बनेकी युवतीले धार्मीक संस्कार अनुसार किरिया र अन्तिम संस्कार गरुन् । तर युवतीले त्यो चाहना पुरा गरिदिइनन् । उनी कञ्चनको अन्तिम विदाईमा पनि सहभागी भइनन् ।

हिन्दु धार्मीक संस्कार अनुसार श्रीमतीले गर्नुपर्ने संस्कार पनि पुरा नगरेको कञ्चनको आमाको भनाई छ । उनीहरुले युवतीको परिवारका कारण कञ्चनले यस्तो कदम उठाएको भन्दै युवतीको परिवारलाई कारवाहीको माग गरेको छ । कञ्चनको निधन पछि पनि केही दिन उनीहरुले आफुहरुको माग पुरा नहुँदा सम्म शव नउठाउने बताएका थिए । जसका कारण तीन दिन सम्म कञ्चनको शव युवतीकै घरमा राखिएको थियो ।

स्थानिय तहका प्रतिनिधि र प्रहरीले कञ्चनको अन्त्यष्टि पछि पनि कारवाही प्रकृया अघि बढाउन सकिने कुरा बताएपछि शव उठाइएको थियो । अहिले आफुहरुको माग पुरा नभएको भन्दै कञ्चनको परिवार राष्ट्रिय मानव अधिकार आयोग लगायतका स्थानमा न्यायको माग राख्दै निवेदन दिन काठमाडौ हिडेको छ ।

प्रतिकृया दिनुहोस्