Monday, May 23

दुबैतर्फ खाल्डा भएको साँघुरो मोडमा जोगिने ठाउँ पाएनन्, छोरी-भतिजीसँगै बिदा भए

March 29, 2021 149

गीतानगरका मानबहादुर अधिकारी स्कुटरमा छोरी र भतिजीलाई लिएर खाना खान दाइको घर जगतपुर जाँदै थिए।
पकौडी बजारनजिकै एउटा मोडमा विपरीत दिशाबाट आइरहेको बससँग मानबहादुरले चलाएको स्कुटर ठोक्कियो। दुर्घटनामा मानबहादुर र उनीसँग रहेकी १७ वर्षीया छोरी विनिसा र १७ वर्षीया भतिजी दिविसाको मृत्यु भयो।

गीतानगरमा किराना पसल चलाउने मानबहादुरसँगै गत वर्षमात्रै एसईई उत्तीर्ण गरेर नर्सिङको पढाइ सुरू गरेकी विनिसा र जगतपुरमा रहेको लक्ष्मी माविमा कक्षा ११ पढ्दै गरेकी दिविसाले दुर्घटनामा ज्यान गुमाए।

मानबहादुरको आफ्नै बोलेरो गाडी थियो। उनी आफैं त्यो गाडी पनि चलाउँथे।
भाउजु भ्रमणका लागि चरिकोट जानुभएको थियो, उहाँको परिवार खाना खान दाइको घरतर्फ जाँदै गर्दा दुर्घटना भएछ,’ मृतकका आफन्त दीपक दवाडीले भने, ‘भतिज पनि सँगै थिए उनी कटिहालेछन्, दुबैतर्फ खाल्डो भएको साँघुरो मोडमा उहाँहरूले जोगिने ठाउँ पनि पाउनुभएन।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार चितवनको सडकमा पछिल्लो समयमा भइरहेका सवारी दुर्घटनामध्ये यो दुर्घटना भयानक हो।

‘मैले चितवनमा काम सुरू गरेको डेढ वर्षमा यति ठूलो दुर्घटना भएको थिएन,’ उनले भने, ‘मापदण्डविपरीत निर्माण भएका, निर्माणाधीन र जीर्ण अवस्थामा पुगेका सडकका कारण सवारी दुर्घटना भने निकै बढेर गएको छ।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

प्रतिकृया दिनुहोस्