Saturday, December 4

पब्जी खेल्न नपाएर ९ कक्षामा पढ्ने छोराले घर छोडेर हिँडे, वृद्ध हजुरवुवा-हजुरआमा चिन्ताले बिरामी, (भिडियो हेर्नुस्)

March 29, 2021 196

काठमाडौ । सामाजिक संजालका कारण अहिले युवा पुस्ता विग्रन थालेका छन् । वुटवलको कालिकानगरमा बस्ने मिना श्रेष्ठ अहिले आफ्ना छोरा जनक श्रेष्ठलाई विद्यालयमा ल्याएको रिजल्ट हेरेर गाली गरिन् । उनका ९ कक्षामा पढ्ने १६ वर्षका छोराको रिजल्ट आयो । रिजल्टमा दुई विषय लाग्यो त्यती बेला आमा केही बोलिनन् । तर दोस्रो पटक पनि ३ विषय लाग्यो, उनले छोरालाई सम्झाइन् ।
श्रीमान कतारमा थिए । कतारमा रहेका श्रीमानलाई पनि छोरालाई विषय लागेको बारेमा जानकारी दिइन् । हामीले खाइ नखाई, दुख गरेर तिमीलाई पढाएका छौं, तर तिमीले पढाइमा ध्यान दिएनौं भनेर सम्झाएँ, उसको मोवाइल पनि खोसेर राखिदिएँ, आमा भन्छिन्, म बाहिर निस्कन्छु बहिनीलाई खाना पकाएर खान देउ भन्दै हिँडे । तर घरवाट फर्कदा छोरालाई घरमा देखिन ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनले आफु साँझ घर फर्कदा छोराको कितावहरु छरिएको देखिन्, छोराले लगाउने लुगा पनि थिएनन्, विद्यालयमा बुझाउन भन्दै दिएको जन्मदर्ताको कागज पनि कोठामै छोडेका थिए । उनै छोराछोरीको भविष्यका लागि भन्दै श्रीमान विदेशमा गएका छन् । आमाले पनि धेरै कुरामा आफ्नो मन बुझाएकी छन् । मोवाइलमा पब्जी धेरै खेलेर छोराले पढाइ विगार्यो भनेर मोवाइल खोसिदिइन् ।
त्यही रिसले उनका छोरा घर छोडेर हिँडेको आमाको भनाई छ । छोराको बारेमा भन्दा पनि आमाको मन निकै भक्कानिएको छ । आफ्नो कुरा सुनाउँदा उनको बोली गलामा अडिएको छ । जन्मदिएको छोरालाई त्यती सम्झाउने मेरो अधिकार छैन र ? उनले भनिन्, नाति हराएको भएर वृद्ध भएका हजुरबुवा हजुरआमा पनि चिन्ता लागेर विरामी हुनुभएको छ , उनले भनिन्, विदेशमा भएका श्रीमान पनि दिनहुँ रुनुहुन्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्