Tuesday, November 30

अभिनेत्री प्रियंका कार्की आमा बन्दै ! फेसबुकमा तस्विर सार्वजनिक गर्दै लेखिन् यस्तो स्टाटस

April 2, 2021 372

आफू गर्भवती भएको गाइँगुइँलाई अभिनेत्री प्रियंका कार्कीले सत्य सावित गरिदिएकी छिन् । ***यो समाचारको पुरा भिडियो हेर्न तल यहाँ क्लिक गर्नुहोस्***

परिवारसँग होली खेलेको तस्विरमा प्रियंका गर्भवती भएको अनुमान गरिएको थियो ।

उक्त तस्विरलाई आधार मान्दै उनी गर्भवती भएको गसिप पनि चलेका थिए । तर, प्रियंका स्वयमले सामाजिक संजालमार्फत आफू प्रेगेनेन्ट भएको पुष्टि गरेकी छिन् ।

पति आयुष्मानसँग खिचाएको गर्भवती भएको तस्विर उनले फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् ।

जहाँ उनले लेखेकी छिन्– मलाई सोध्न बन्द गर्नूस । हो म प्रेगनेन्ट भएकी हुँ ।’

आमा बन्ने पुष्टि भएसँगै प्रियंकालाई बधाइको ओइरो आउन थालेको छ । सन् २०२० को फेब्रुअरी २८ मा प्रियंका र आयुष्मान विहे बन्धनमा बाँधिएका थिए ।

प्रतिकृया दिनुहोस्