Thursday, December 2

आफू पैदल हिडेर, आफ्नो सरकारी गाडी मार्फत एम्बुलेन्सको सेवा दिंदैछिन् गाउँपालिका अध्यक्ष सीता

May 8, 2021 324

आफू पैदल हिडेर, आफ्नो सरकारी गाडी मार्फत एम्बुलेन्सको सेवा दिंदैछिन् गाउँपालिका अध्यक्ष सीता
आफू पैदल हिडेर, आफ्नो सरकारी गाडी मार्फत एम्बुलेन्सको सेवा दिंदैछिन् गाउँपालिका अध्यक्ष सीता
रसुवा। रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष सिता अधिकारी पौडलले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाई सोमबार बिहानदेखि कोरोना संक्रमित र अन्य बिरामीलाई अस्पताल ओसार पसारमा प्रयोग गरेका छन्।

अध्यक्ष पौडलले बा २ झ ४०९७ नम्बरको स्कर्पियो गाडी एम्बुलेन्स सेवा सरहको बनाएर सर्वसाधारण बिरामी ओसारपसार गर्दै आएकी छिन् । । अध्यक्ष पौडेलले भने,‘गाउँवासीले चौबिसै घण्टा सवार साधनका लागि हारगुहार गर्न थाल्नु भयो । भनेको समयमा अस्पतालसम्म लैजाने सवारी साधन नहुँदा अकालमा ज्यान जान सक्ने अवस्था पनि आउन थाल्यो ।

त्यस पछि गाडीलाई एम्बुलेन्समा रुपान्तरण गरेर अहिले बिहानदेखि बिरामी बोक्न पठाउँदै छौं । म आफै घर घरमा पुगेर बिरामीहरुलाई ग्रामीण अस्पताल जिबजिबे सम्म पुर्याएको छु । आफु बरु हिँडिन्छ तर, जनतालाई सेवा दिन्छु’ अध्यक्ष्य पौडेलले बताइन्।

बाग्मती प्रदेशमा कोरोनाको जोखिम सबैभन्दा धेरै रहेको छ । त्यसैगरी सो कालीका गाउ पालिकाले होम आइसोलेशनमा रहेका कोरोना संक्रमितको स्वास्थ्य अबस्था बुझ्न स्वास्थ्यकर्र्मी परिचालन गरेको जनाएको छ ।दोस्रो कोरोना लहरसंगै कालीका गाउ पालीकामा सक्रिय संक्रमितको संख्या ७० रहेको छ।

प्रतिकृया दिनुहोस्