Thursday, December 2

सप्तरीमा चोरीको आरोपमा एक किशोरलाई हात-खुट्टामा फलामे साङ्लाले बाँ धेर तीन दिनदेखि या त ना दिइरहेको खुलासा

May 8, 2021 170

जनकपुरधाम । सप्तरीमा चोरीको आरोपमा एक किशोरलाई हात-खुट्टामा फलामे साङ्लाले बाँ धेर तीन दिनदेखि या त ना दिइरहेको घटना सार्वजनिक भएको छ । छिन्नमस्ता गाउँपालिका-६ कुपही टोलका १८ वर्षीय शिवकुमार मुखियालाई चोरी आरोपमा मदिरा पसल चलाएर बसेका संजय पण्डित र उनका दाइ जागेश्वरले बाँधेर या त ना दिइरहेका छन् ।

स्थानीयका अनुसार पण्डितको मदिरा पसलमा वैशाख २१ गते राति चोरी भयो । चोरी गरेको शंकामा मुखियालाई घरबाटै समातेर ल्याइयो र या त ना दिए । यातना खेप्न नसकेर मुखियाले चोरी स्वीकारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

२२ गते बिहानदेखि नै मुखियाको हातखुट्टामा साङ्लो बाँ धेर ता ला लगाइएको छ । स्थानीय कपिल मुखिया भन्छन्, ‘खाना पानी केही नदिई भोकै र प्यासै उनलाई बन्दी बनाएका छन् । ’भोकले छ ट पटाएको देखेपछि आफूले राति घर ल्याएकोमा पुन: फर्काएर लगी या तना दिइरहेको उनले बताए ।

ती युवालाई या तनाका लागि व्यापारी पण्डितलाई गाउँपालिका प्रमुख सूर्यनारायण मण्डलका छोरा सत्यनारायणले साथ दिएको स्थानीयको दावी छ । ‘या तना दिन लगाउनमा सत्यनारायणको भूमिका निकै छ । उनी स्वयंले कु ट पि ट ग रे का छन् । उनको अगाडि कसैले प्रतिवाद गर्न सक्दैनन्’, स्थानीय एक युवकले भने ।

मुखियाले चोरी स्वीकारेको दावी व्यापारी पण्डितको छ । आफूलाई अन्य दुईजनाको संलग्नता रहेको पनि बताएको पण्डितले बताए । ४७ हजारका दरले तीनैजनाले क्षतिपूर्ती नतिरेसम्म नछाड्ने बताएको स्थानीयले सुनाए ।

घटनाबारे सूचना पाएपछि प्रहरी हिजो घटनास्थल पुगेको थियो । तर, गाउँपालिका प्रमुख मण्डलका छोरा सत्यनारायणले घटना गाउँमै मिलापत्र गर्ने भनेर प्रहरीलाई फिर्ता पठाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

व्यापारी पण्डितले लगाएको आरोप मुखियाका आफन्तले स्वीकार गर्न तयार छैनन् । बुबा रामस्वरूप मुखिया भन्छन्, ‘मेरो छोरा नै चोर हो के प्रमाण छ ? ज बर्ज स्ती यातना दिएर चोरी गरेको कुरा स्वीकार्न लगाएका छन् ।’

सप्तरीकै अधिकारकर्मी सुनिता साहले चोरीको आ रोपमा खुट्टामा नेल लगाएर राख्नु अपराध भएको बताउँछिन् । उनले भनिन्, ‘चोरी नै गरेको हो भने प्रशासनले कारबाही गर्नसक्छ । तर, व्यक्तिले कानून हातमा लिन मिल्दैन ।’ उनले बाँधेर राखेका किशोरलाई अविलम्ब उद्धार गर्न स्थानीय प्रशासनसँग माग पनि गरेकी छन् ।

सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र धमला घटनाबारे थाहा पाएपछि बुझ्न इन्सपेक्टरलाई पठाएको बताए । उनले नेपाल प्रेससँग भने, ‘गाउँपालिका प्रमुखले पनि घटनाबारे बुझिरहेको भनेर भन्नुभएको छ । प्रहरी पनि रेस्क्यू गर्न पठाएको छु ।’ मुखियालाई हातखुट्टा बाँ धेर या तना दिइरहेको विषयमा एसपी धमलाले अनभिज्ञता जनाए ।

प्रतिकृया दिनुहोस्