Thursday, December 2

अब संक्रमितलाई भर्ना गर्न सक्दैनौं भन्दै काठमाडौका चार अस्पतालले हात उठाए (विज्ञप्ती हेर्नुस्)

May 9, 2021 169

काठमाडौ । महामारीका समयमा अब संक्रमित भर्ना गर्न सक्दैनौं भन्दै काठमाडौंका चार अस्पतालले हात उठाएका छन् । उनीहरुले विज्ञप्ती नै जारी गरेर संक्रमित भर्ना गर्न नसक्ने जनाएका छन् । अक्सिजन अभावका कारण संक्रमितलाई भर्ना गर्न नसक्ने उनीहरुको तर्क छ ।

मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु र हेल्पिङ ह्याण्ड्स अस्पतालले संयुक्त वक्तव्य जारी गर्दै मेडिकल अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न सहज नभएकोले संक्रमितलाई भर्ना गरी उपचारलाई निरन्तरता दिन नसक्ने जनाएका छन्। शनिबारदेखि उनीहरुले यस्तो घोषणा गर्दै अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म सीमित शय्यामा मात्र सेवा दिने बताएका छन्।

राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या अभाव हुन थालेपछि हेलिकोप्टरमार्फत संक्रमितलाई चितवन ल्याउन थालिएको छ । भरतपुरका अस्पतालमा अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो।



जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ । भरतपुरकै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि क्यान्सरका बिरामी र कर्मचारी सङ्क्रमित भएमा राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ। यी सबै अस्पतालका आफ्नै अक्सिजन प्लान्ट भएकाले हालसम्म अक्सिजनको अभाव देखिएको छैन।

प्रतिकृया दिनुहोस्