Tuesday, November 30

दिपक मनाङ्गेको विश्व रेकड, १० दिनमै मन्त्री पद चैट

May 10, 2021 484

काठमाडौं, २६ वैशाख । १० दिनअघि युवा तथा खेलकुदमन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङ) को पद गएको छ । पृथ्वीसुब्बा गुरुङले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै मनाङे युवा तथा खेलकुदमन्त्रीबाट स्वतः पदमुक्त भएका छन् ।

१० दिनमै मन्त्री पद गुमाएका दिपक मनाङ्गेले कुनै किसिमले (विश्व रेकर्ड) पनि राखेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

हुन त अहिले यो (विश्व रेकर्ड) भनेर भन्नलाई ठ्याकै तथ्याकं छैन तर मन्त्री पद सम्हालेको १० दिनमै पद गुमाउने उनि विश्वकै थोरै मध्ये अथवा एक्लो व्यक्ति पनि बन्न सक्छन ।

मनाङेले गत १६ वैशाखमा पद तथा गोपनियताका शपथ लिएका थिए । उनलाई मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर इच्छाअनुसारकै मन्त्रालय दिएका थिए । आफ्नो सरकार जोगाउने प्रयास स्वरुप मुख्यमन्त्रीले मनाङले मन्त्री बनाएका थिए ।

प्रतिकृया दिनुहोस्