Sunday, August 14

अक्सिजन प्लान्टका लागि २५ लाख सहयोग गर्ने अग्नि ग्रुपका अध्यक्ष श्रेष्ठलाई हार्दिक नमन,,, ।

May 19, 2021 202

प्रतिष्ठिन व्यावसायिक घराना अग्नी ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले २५ लाख रुपैयाँ सहयोग घोष’णा गरेका छन् ।को-भिड महामा’रीसँगै हस्पिटलहरुमा अक्सिजन अभाव भएपछि पोखरामा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टका लागि श्रेष्ठले सहयोग गर्न लागेका हुन् । पोखरा स्वास्थ्य विज्ञानप्रति’ष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ५ करोड रुपैयाँ लगानीमा अक्सिजन प्लान्ट स्थापना हुँदैछ । बतास फाउण्डेसनको अ’ग्रसरतामा अक्सिजन प्लान्ट निर्माण हुन लागेको हो ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

यो पनि:रुकुम,रुकुम बाँफिकोट गाउँपालिका–५ निवासी अमृता केसी र उहाँका श्रीमान खरबहादुर केसीको कोरोनाले जेठ २ र ४ गते निधन भयो । रुकुम पश्चिमको सल्ले अस्पतालमा दुई दिनको फरकमा आमा बाबाको निधन हुदा ३२ वर्षकी कान्छी छोरी देवि केसी भने लामो समयदेखि पढाइको सिलसिलामा संघीय राजधानी काठमाडौँ बस्नुहुन्थ्यो । निषेधाज्ञामा काठमाडौमै बस्ने सोच बनाउनुभएको उहाँले आमा–बाबाको मृ त्युको खबरपछि घर जाने योजना बनाउनुभयो ।

आमा बाबाको अन्तिम अनुहार हेर्न नपाए पनि हिन्दु संस्कार अनुसारको विधिमा सहभागी हुन देवि हिँजो साँझ माछापोखरीबाट रुकुम पश्चिमको लागि गाडी चढ्नुभयो । गाउँमा जाने क्रममा आफ्नो सँगै सिटमा बस्नुभएको एक अर्का यात्रुलाई आफ्नो सबै दुख सुनाउनुभयो । कोरोनाले दुई दिनको फरकमा आमा र बाबाको निधन भयो भन्दै आफ्ना पीडा पोख्नुभयो ।

गाउँ जाने गाडी अगाडि बढ्यो, यात्रुहरु भने खचाखच थिए, अलिकति टेक्ने ठाउँ समेत थिएन । कमल ताल डिलक्सको उक्त गाडीले रुकुम लैजाने ५८ जना यात्रुहरु बोकेको थियो । माछापोखरीबाट साँझ ८ बजे हिडेको गाडी बुधबार बिहान ५ः३० बजेको आसपासमा नवलपरासीको दाउन्नेमा दुर्घटना भयो । उक्त दुर्घटनामा केसीको मृ त्यु भयो ।

अहिले देवीको मृत्युको खबरले रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–५ स्यार्पुगाँउ गहिरो शोकमा डुबेको छ । आमाको जेठ २ गते निधन भएपछि काजकिरिया बसेका छोरा तिलविर केसीलाई जेठ ४ गते बाबुको निधन भएपछि पीडामाथि झनै पीडा थपिएको थियो तर बाबा आमाको १३ दिनको पुण्य तिथिमा सहभागी हुन घर आउँदै गरेको बहिनीको मृ त्युको खबरले दाइ तिलबिर र दिदी हिरा भावविह्वल बन्नुभएको छ ।-जनता टाइम्स

प्रतिकृया दिनुहोस्