काठमाडौं: बिरामीलाई दिइरहेको अक्सिजन सिलिन्डर जब रित्तिन थाल्छ, स्वर्णिम क्षेत्रीको मुटुको ढुकढुकी बढ्न थाल्छ। उनी बुटवल धागो कारखानामा रहेको को’रोना अस्पतालकी नर्स हुन्। जब आफैंले औषधि दिइरहेका बिरामी अक्सिजन अभावमा छ’टपटिन्छन् उनका आँखा भरिन्छन्।
‘बिरामी मृ,त्युको मुखमा जान लाग्दैछन् भन्ने थाहा हुँदा हुँदै पनि केही गर्न नसकेकोमा त्यसपछि छटपटी आफ्नै सुरू हुन्छ,’ उनले भनिन्, ‘बिरामीको सकस देखेर हाम्रा आँखा भरिन्छन् ।’ वैशाख २९ गते एकै पटक ५ जना बिरामीको अक्सिजन अभावमा मृ,त्यु भएको घटनापछि उनी सिलिन्डर खाली हुन थालेपछि आत्तिन थालेकी छन्।
‘अब अक्सिजन सकिँदै छ भन्ने थाहा पाएपछि बिरामीहरू मलाई बचाइदिनुस् भनेर रून थाल्नुहुन्छ, अक्सिजनकै लागि बिरामीका आफन्तले गरेको अनुनय देख्दा उकुसमुकुस भइन्छ, त्यही पनि सकेको गर्छौं,’ स्वर्णिम भन्छिन्। भैरहवाकी स्वर्णिमले बिएससी नर्सिङ को अध्ययन पूरा गरेको ५ वर्ष भयो। नर्सिङ अध्ययन गर्दा नै जोखिम मोलेर काम गर्न मन पराउने स्वर्णिमले तीन वर्ष बुटवलको निजी अस्पतालको एनआइसियूमा काम गरिन्।
२०७६ चैतदेखि नेपालमा को’रोना सं’क्रमण फैलिएपछि भने उनले जो’खिम मोलेरै भए पनि को’रोना सं’क्रमितको उपचार गर्ने अठोट गरेकी हुन् । लुम्बिनी प्रादेशिक अस्पतालले धागो कारखानामा सञ्चालन गर्न लागेको को’रोना अस्पतालको लागि करारमा नर्सिङ स्टाफ माग गरेको थियो। स्वर्णिमले निजी अस्पतालको सेवा छोडिदिइन्। को’रोना अस्पतालमा करारमा काम गर्ने बाटो रोजिन्।
चैतबाटै को’रोना अस्पतालमा करारमा काम गर्न गएकी स्वर्णिम अहिले त्यहाँको एचडियु इन्चार्ज छन्। झन्डै १४ महिना को’रोना अस्पतालमा काम गरे पनि को’रोना सं’क्रमण हुनबाट जोगिएकी छिन्। उनी कार्यरत को’रोना अस्पतालमा एक महिनायता दैनिक २/३ जनाको मृ,त्यु भइरहेको हुन्छ। तीमध्ये अधिकांश बिरामीको मृ,त्यु अक्सिजनकै अभावमा हुने गरेको उनी बताउँछिन्।
‘अहिलेको परिस्थितिमा हामीलाई भत्ता दिन सकिनँ भन्यो सरकारले भने पनि केही थिएन । तर बिरामीलाई अक्सिजनको व्यवस्था गरिदिए हुन्थ्यो । हामीलाई नियमित तलब मात्र भए पनि काम गर्छौ तर आफ्नै आँखा अगाडि बिरामी म’रिरहेको दृश्य हेर्न नपरोस्,’ स्वर्णिम भन्छिन्। यो खबर सेतोपाटिमा भगवती पाण्डेले लेख्नु भएको छ ।
प्रतिकृया दिनुहोस्