काठमाडौं–
पहिलो चरणको लकडाउन भएपछि समस्यामा परेका प्राविधिकलाई सहयोग गर्नेदेखि आम मानिसको सहयोगमा लागिपरेका नायक पल शाह हाल जारी निषे’धा’ज्ञाको समयमा पनि सामाजिक कार्यमा स’क्रिय छन् ।
पल दोश्रो चरणको कोरोनाका कारण अक्सिजनको अभाव भएर कोरोना संक्रमितहरुले ज्यान गुमाएको खबर सार्वजनिक भएसँगै हाम्रो टिम नेपालससँगको सहकार्यमा विभिन्न अस्पतालमा अक्सिजन पुर्याउने काममा सक्रिय रुपमा लागेका छन् ।
उनले, हाम्रो टिम नेपाललाई २ लाख रुपैयाँ सहयोग पनि गरेका थिए । पल शाह र हाम्रो टिम नेपालले काठमाण्डौका विभिन्न अस्पतालमा अ’क्सि’जन सिलिन्डर पुर्याएको थियो । उनीहरुले बारा पुगेर अ’क्सि’जन भरेर काठमाण्डौका अस्पतालमा वितरण गरेका थिए ।
उनै, पल शाह अक्सि’जन लिएर दाङ पनि पुगेका छन् । दाङको अस्पतालमा पनि अ’क्सि’जन सि’लिन्डर पुर्याएका पल लेख्छन्–‘म एक जनाले गर्दा अर्को एक जनाको ज्यान बचोस् । हामी निरन्तर, सेवामा छौं ।’ नेपाली चलचित्र क्षेत्रका धेरै कलाकारहरुले लकडाउनको समयमा पनि आफूलाई मौन राखिरहेको समयमा केही कलाकारले भने सामाजिक कार्यमा आफूलाई स’क्रिय रुपमा अगाडि बढाएको पाइन्छ । जसमा, नायक पल शाह सबैभन्दा अगाडि छन् ।श्रोत:-अनलाइनखबर
प्रतिकृया दिनुहोस्