Tuesday, November 30

मोबाइलको पावर बैंक पड्किएर हास्य कलाकार त्रिपाठी घाइते, अस्पताल भर्ना

June 5, 2021 330

काठमाडौं – नेपाली जादुगरको रुपमा चिनिएका हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना भएका छन् ।

बुधबार राति मोबाइलको पावर बैंक पड्किएर घाइते भएका उनी स्टार अस्पताल भर्ना भएका हुन् । मोबाइलको पावर बैंक पड्किएपछि बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारपछि अहिल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्यमा सामान्य समस्या मात्र देखिएकोले उपचारपछि उनी आज नै अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ ।

मोवाइलको ब्याट्री सकिएपछि चार्ज गर्दा एक्कासी पड्किएको उनले बताएका छन् । नेपाली जादुगर भनेर चिनिएका उनी ‘कुरि कुरि’ सिरियलमा अभिनय गर्ने गर्छन् ।

प्रतिकृया दिनुहोस्