Tuesday, November 30

प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वस्वकीय सचिवको निधन

June 8, 2021 129

प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वस्वकीय सचिव एवं पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको सङ्क्रमणका कारण निधन भएको छ । गत वैशाखमा न्युयोर्क पुग्नुभएका बरुवालको उपचारका क्रममा गए राति उतै निधन भएको हो ।

बरुवाललाई न्युयोर्क हुँदै सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएपछि झण्डै एक महिनादेखि उपचारमा रहनुभएको थियो । ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहनुभएका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बन्नुभएको थियो ।

झापा घर भएका बरुवाल गत वैशाखमा पारिवारिक भेटघाटका लागि न्युयोर्क जानुभएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । बरुवालका आमा, श्रीमती, दुई छोरा छन्।

मुटुरोग विशेषज्ञ डा विकास सुवेदीको निधन

त्यस्तै संक्रमण भई उपचाररत मुटुरोग विशेषज्ञ डाक्टर विकास सुवेदीको निधन भएको छ। ४२ वर्षीय डाक्टर सुवेदीको ह्याम्स अस्पतालमा निधन भएको ह्याम्स अस्पतालले जनाएकाे छ। उनी दुईसातादेखि ह्याम्समा उपचाररत थिए।

कोटेश्वरमा रहेकाे गौतमबुद्ध इन्टरनेशनल कार्डियाक अस्पतालका सञ्चालक समेत रहेका डा सुवेदी बुटवलको गौतम बुद्ध अस्पतालका पूर्व निर्देशक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका एसोसिएट प्रोफेसर समेत थिए। २५ दिनअघि उनलाई संक्रमण पुष्टि भएको बताइएको छ।



 

प्रतिकृया दिनुहोस्