August 10, 2021 447
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेकाे छ । लगातार ओरालो लागेको सुनको भाउ आज तोलामा २०० रुपैयाँले उकालो लागेको हो।
योसँगै आज प्रतितोला छापावाल ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन ८८ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सोमबार भने सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ८९ हजार रुपैयाँ र तेजाबी सुन ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस्