Saturday, December 4

काठमाडौं उपत्यकामा संक्रमण ह्वात्तै बढेपछी लागु भयो यस्तो नियम , जान्नुहोस्

August 10, 2021 402

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप भएको छ । आज बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बेठकले भदौ ८ गतेसम्म जारी रहने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बैठकले उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने बताइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।

प्रतिकृया दिनुहोस्