Saturday, November 27

विदेश उड्न ठिक्क परेर विमानस्थल पुगेका डेढ सय यात्रु घर फर्किनु पर्दा….

August 11, 2021 398

काठमाडौँ / म’हामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् युएईले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिए।

युएई सरकारले जहाजको बोर्डिड पास लिनुभन्दा अघि विमानस्थलमा नै एन्टिजेन परीक्षण गरेकालाई मात्र आफ्नो मुलुकमा आउन दिने नियम लागु गरेको छ। नेपालमा अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टिजेन परीक्षणको सुविधा नभएकाले दुबई जान लागेका डेढ सय यात्रु रोकिएका हुन्। यी यात्रुमध्ये ९० प्रतिशतभन्दा धेरै रोजगारीका लागि दुबई जाने युवा थिए।

नेपाल वायुसेवा निगमको आरए २२९ र हिमालय एयरलाइन्सको एचएन ५६५ उडानमार्फत दुबई उड्न विमानस्थल पुगेका यात्रु सोमबार त्यसै फर्किए। विमानस्थलका अधिकारीहरूका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले लागु गरेको नयाँ नियमका कारण कोही पनि यात्रु जान नपाउँदा जहाज रित्तै उडेका थिए।

नेपालबाट दुबई उड्ने यात्रुको हकमा ४८ घण्टाभित्र गरिएको परीक्षण पिसिआरको रिपोर्ट र चार घण्टापहिले विमानस्थलमै गरिएको एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरेपछि हिमालय एयरलाइन्सका र नेपाल वायुसेवा निगमका ६० जना यात्रु उड्न नपाएको विमानस्थल कार्यालयले जनाएको छ।

युएई सरकारले पछिल्लो समय सं’क्रमण बढेका संसारका १६ मुलुकलाई जो’खिमको सूचीमा राखेको छ। यही सूचीमा रहेका मुलुकबाट आउनेहरूका लागि नयाँ नियम लागु गरिएको हो। नेपालसहित भारत, पाकिस्तान, नाइजेरिया, श्रीलंका र युगान्डालाई अति जो’खिम भएका देशको सूचीमा राखिएको छ। यो नयाँ नियमका कारण नेपालबाट दुबईमा हुने उडान अनिश्चित बनेको छ। दुबईबाट नेपालमा हुने उडान भने यथावत् छ। यो समाचार नागरिक दैनिकमा छ ।

यो पनि बलिउड अभिनेत्री करीना कपुर खानले सैफअलीका पुर्व पत्नि अमृता सिंहसंग जीवनमा कहिल्यै पनि भेट नभएको बताएकी छन् । उनले सो कुरा बलिउडका निर्देशक तथा निर्माता करण जौहरको कार्यक्रम ‘कफी विथ करण ६’ मा बताएकी हुन् ।

जुन कुराको खुलासा करिनाले गरिन्, त्यो कुरा सुनेर कार्यक्रमका होस्ट करण त आश्चर्यमा परे परे साथसाथै करिनाको उक्त कुरा सुनेका सबै र त्यो कार्यक्रम हेरिरहेका सबै सोशल मिडियाका यूजरहरु पनि आश्चर्यमा नै परे । करिनाले उक्त कार्यक्रममा अमृतासँग आफ्नो भेट नै नभएको र सैफसँग भेट्दा अमृतासँग सम्बन्धविच्छेद भइसकेको बताएकी थिइन् ।

करिनाको यो कुरा सुनेर अमृता र सैफका छोराछोरी सारा र इब्राहीम पनि रिसाएको खबर बाहीरिएको छ । खबरका अनुसार करिनाले आफ्नो आमासंग कहिल्यै भेट नभएको भनेर भन्नु भनेको आफ्नी आमाको बेइजत गरेको छोरी सारा र छोरा ईब्राहीमले बताएका छन् । उनीहरुले करिना कुनै आउट साईडर नभएको हुनाले आमा बुवाको विबाहदेखि उनीहरुको प्रेमको चर्चा र फिल्मी क्षेत्र एउटै भएको बताउँदै सानैदेखि करिनाले आमा अमृतालाई देख्दै आएको पनि बताएको कुरालाई भारतीय सञ्चारमाध्यमहरुमा उदृढ गरिएको छ ।

अभिनेत्री करीना अहिले दोस्रोपटक गर्भवती भएकी छन् । गर्भवती भएपछि उनी चर्चामा आएकी छिन् । उनले बलिउडका अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । उनका एक छोरा तैमूर समेत विभिन्न कारण चर्चामा आइरहन्छन् । सैफले करीनाभन्दा अगाडि सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेकी थिइन् । तर उनीहरुको सन् २००४ मा सम्बन्धवि’च्छेद भएको थियो ।

प्रतिकृया दिनुहोस्