Thursday, January 20

मैले प्रचार नगरेर मात्र हो, लोडसेडिङ हटाएको मैले हो नाम कुलमान को प्रचार भयो रायमाझी

August 13, 2021 402

नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेपालको लोडसेडिङ हटाउन आफ्नो मुख्य योगदान रहेको दाबी गरेका छन् ।सूत्रन्यूजसँगको अन्तर्वार्तामा आफूले नेपाल को लोडसेडिङ अन्त्य गराएको दाबी रायमाझीले गरेका हुन् ।

रायमाझीले भने, ‘मैले प्रचार नगरेर हो, नेपालको लोडसेडिङ अन्त्य गराउन मेरो मुख्य भूमिका छ ।’
उनले आफू ऊर्जामन्त्री रहँदा नै कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउन भूमिका खेलेको उनले दाबी गरे ।

‘कुलमान घिसिङलाई मैले ल्याउनका लागि तीन महिनासम्म इभ्यालुएसन गराएँ,’ रायमाझीले भने, ‘उहाँलाई पास गराएर, विद्युत प्राधिकरणको एमडी बनाउन मैले भूमिका खेलेको हुँ । ९९ बुँदे मास्टर प्लान बनाउँदा उहाँलाई मैले सदस्य बनाएको हुँ

उनले आफूले गरेको इभालुएसनका आधारमा कुलमान एमडी भएको बताए । ‘उहाँले राम्रो काम गर्नुभएको हो,’ रायमाझीले भने, ‘४ वर्षे कार्यकाल पूरा गरेर उहाँ जानुभएको हो । त्यसपछिको नेतृत्व लिन हितेन्द्र देश शाक्य तयार भएर बस्नुभएको हो । अहिले पुनः उहाँलाई विद्युत प्राधिकरणमा ल्याउने काम राजनीतिक कदम मात्र हो

प्रतिकृया दिनुहोस्