Thursday, December 2

अभिषेकले कतिमा बेचे आफ्नो लग्जरी अपार्ट मेन्ट ?

August 13, 2021 505

यतिबेला बलिउडका सेलि ब्रेटी हरु आफ्ना घर तथा अपार्ट मेन्ट हरु किनबेच गर्नमा व्यस्त छन् ।कलाकार हरुले घर किनेका तथा बेचेका खबर हरु पछिल्ला दिन हरुमा सार्वजनिक भैरहेको छन् ।

यसै बीच, भर खरै मात्र बलिउड अभिनेता अभिषेक बच्चनले आफ्नो अपार्ट मेन्ट बेचेको खबर सार्वजनिक भएको छ ।उक्त लग्जरी अपार्ट मेन्ट लाई अभिषेकले करिब ४६ करोड भारुमा बेचेका हुन् ।एउटा रिपोर्टका अनुसार मुम्बईको वर्ली क्षेत्रमा रहेको उक्त लग्जरी ओबेराय ३६० वेस्ट टावर्सको ३७ औं तल्लामा अभिषेकको उक्त अपार्टमेन्ट छ, जुन अति नै भव्य छ ।

उक्त अपार्टमेन्टलाई अभिषेकले महंगो मूल्यमा बेचेका हुन् ।बलिउड अभिनेताहरु शाहिद कपूर तथा अक्षय कुमारको पनि त्यहि टावर्समा अपार्टमेन्ट छ ।अभिषेकको उक्त अपार्टमेन्ट ७ हजार ५ सय २७ स्क्वायर फीट क्षेत्रफलको छ, जसलाई उनले २०१४ मा ४१ करोड भारुमा किनेका थिए ।

उक्त अपार्टमेन्टका लागि ४ वटा कार पार्किङको सुविधा छ ।उक्त अपार्टमेन्टलाई अनुराग गोयल नामक एक व्यक्तिले अभिषेकलाई बेचेका थिए ।अभिषेकले उक्त अपार्टमेन्टलाई सन् २०१४ मा आफ्नो नाममा पास गरेका थिए ।

प्रतिकृया दिनुहोस्