Thursday, January 27

सामान्य विवादपछि गर्भवती श्रीमतीको घाँटी थिचेेर ह’त्या

August 14, 2021 276

काठमाडौंको गुहेश्वरीमा श्रीमतीको ह’त्या गरेको आरोपमा श्रीमान प’क्रा’उ परेका छन्।बुधबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थित गुहेश्वरीको एक घरमा ह’त्या भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।उदयपुर वेलका नगरपालिका वडा नम्बर ४ माइती भएकी २३ वर्षीया रन्जु तामाङको ह’त्या भएको हो। उनी गर्भवती थिइन्।

हत्या आ’रोपमा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३९ वर्षीय राम श्रेष्ठलाई प्रहरीले प’क्रा’उ गरेको हो। उनीहरूले गुह्यश्वरीस्थित बागमती प्लान्ट नजिकै फ्ल्याट डे’रामा लिएर बसेका थिए।एसएसपी सिंहका अनुसार राम श्रेष्ठले श्रीमतीको घाँटी र मुख थिचेर ह’त्या गरेका हुन्। श्रीमती ओ’छ्यानमा मृ’त भेटिएकी थिइन्। उनको श’रीरमा अन्य चोटपटक भने देखिएको छैन।

‘उनीहरूबीच बिहान विवाद भएको रहेछ। त्यसैक्रममा श्रीमानले श्रीमतीको घाँ’टी थि’चेर ह’त्या गरेका हुन्,’ एसएसपी सिंहले भने।घ’टनाबारे राम श्रेष्ठ आफैंले प्रहरीलाई खबर गरेका थिए। उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरी आफूले श्रीमतीको ह’त्या गरेको जानकारी गराएका थिए।

हत्याको खबरपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षकसहितको टोली घ’टनास्थल पुगेको थियो। प्रहरी पुग्दा राम श्रेष्ठ कोठामै चुकुल लगाएर बसिरहेका थिए। प्रहरी पुगेपछि मात्रै उनले कोठाको चुकुल खोलेका थिए।

प्रतिकृया दिनुहोस्