Thursday, December 2

पानी पिउँदा नक्कली दाँत पनि निलेपछि महिलाको भयो तत्काल मृत्यु

August 15, 2021 259

मानिसको काल आएपछि गिलासको पानीले पनि ज्यान जान्छ भन्ने उदाहरण भारतमा सत्य भएको छ । त्यहाँ चेन्नईमा एक अधबैंसे महिलाको पानी नै काल बनेर आयो । उनले पानी पिउने क्रममा आफ्नो नक्कली दाँत निल्न पुगिन् । त्यसपछि उनको मृत्यु भएको छ ।

एस राजालक्ष्मी नामक ती महिलाले सात वर्षअघि अगाडिका तीनवटा दाँत पोरुरस्थित एक अस्पतालमा हालेकी थिइन् । जुलाई ४ मा उनले एउटा दाँत निलेपछि उनलाई चक्कर आयो र वाकवाकी लाग्न थाल्यो । उनलाई निजी अस्पताल लगियो । उनको स्वास्थ्य जाँच गर्दा चिकित्सकहरूले खासै केही भेटेनन् र घर जान भने । तर भोलिपल्ट उनी बेहोश भइन् र अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भयो ।

रोयला नगर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले अ टो प्सीका लागि मृ त शरीरलाई प्रयोगशाला पठाएको थियो । दन्तचिकित्सकहरूका अनुसार, नक्कली दाँत निलेर मृत्यु हुने घटना दुर्लभ हुन्छ किनकि त्यो खाद्यनलीमा जान्छ । तर यी महिलाको केसमा दाँत श्वासनलीमा पुगेर कोमल तन्तुहरूलाई च्या ति दिएको जस्तो देखिन्छ ।

त्यसपछि रगत बगेर उनले सास फेर्न नसकेको हुनुपर्छ । नक्कली दाँत हालेकाहरूले समयसमयमा दन्तचिकित्सकलाई देखाइरहनुपर्ने विज्ञहरूले बताएको समाचार भारतीय मिडियाहरुले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्