Thursday, December 2

यी खानेकुरा खान शुरु गर्नुहोस्, आफै घट्न थाल्नेछ पेटको बोसो …

August 16, 2021 298

मोटोपन कसरी घटाउने, तौल कसरी कम गर्ने ? अहिले धेरैको निम्ती टाउको दुखाईको बिषय बनेको छ यो । यसैको समाधानका लागि कोही जिम धाइरहेका छन्, कोही योगको शरणमा पुगेका छन् । कसैले चिकित्सकिय विधी अपनाएका छन्, कसैले खानामा कटौती गरेका छन् ।

तौल बढ्नु वा मोटोपन आफैमा समस्या हो । यसले अरु समस्यालाई समेत निम्त्याउँछ । शरीर भद्दा र असुहाउँदिलो देख्ने मात्र होइन, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोगको खतरा पनि बढाउँछ ।

त्यसैले अहिलेका पुस्ताका निम्ति मोटोपन वा तौल नियन्त्रण ठूलो चुनौती बनेको छ । आज हामी तपाईलाई मोटोपन घटाउने केही खानेकुराका बारेमा जानकारी दिदैछौँ :

लसुनः
लसुनले एक प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् ।

ग्रीन टीः
पछिल्लो केही वर्षमा ग्रिन टी निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ ।

केराः
यदि तपाईंलाई फास्ट फूड खाने लत लागेको छ तर खान छोड्न चाहनुहुन्छ भने आज देखि नै केरा खान सुरु गर्नुहोस् । केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ ।

पुदीनाः
एक कप मनतातो पानीमा पुदीनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । पेटको बोसो कम गर्न पुदीना यो उपाय निकै प्रभावकारी हुन्छ ।

दालचीनीः
यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचीनीको उपाय तपाईंको लागि फाइदाजनक हुनेछ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाउनुहोस्। यो पेयलाई दैनिक दुई पटक पिउँदा केही दिनमा नै असर देखिनेछ ।

स्याउः
स्याउ खाएर आफ्नो बढिरहेको बोसोलाई तपाईं घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन जसले तौल कम गर्न मद्दत गर्दछ ।

ओमेगा थ्रीले भरपुर खानेकुराः
तोफु, पालुङ्गो, चिज, ओखर, अंडालगायतमा ओमेगा थ्री तत्व पाइन्छन् । यसले तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्दछ।

प्रतिकृया दिनुहोस्