काबुल विमानस्थलमा सोमबार बिहानै भएको गोलाबारीमा ३ जनाको मृत्यु भएको वालस्ट्रिट जर्नलले जनाएको छ। काबुल विमानस्थलको यात्रु टर्मिनलमा गोलाबारी भएको थियो।
जर्नलले कसले गोली चलायो र कुन देशका नागरिकको मृत्यु भएको भनेर कुनै जानकारी दिएको छैन। यद्यपी अमेरिकी विमानमा अन्य देशका नागरिहरु घुस्न खोजेपछि अमेरिकी सेनाले भीड नियन्त्रण गर्न चोली चलाएको खबरहरु आएको थियो।
अमेरिकी सेनाकै कारवाहीमा ३ जनाको मृत्यु भएको आशंका गरिएको छ। बीबीसीहिन्दीका अनुसार काबुल विमानस्थल यतिबेला अमेरिकी सेनाको कब्जामा छ। भीड धेरै भएपछि अमेरिकी सेनाले आफ्नो नागरिक पहिला उद्धार गर्न विमानस्थल कब्जामा लिएको बताइएको छ।
तालिबालने अफगानिस्तान कब्जा गरिसकेको छ। तालिबानले देश छाडेर जान चाहनेलाई जान दिइरहेको छ। अमेरिकाले आफू काबुलबाट ननिस्किन्जेल कुनै पनि अप्रिय घटना नगर्न तालिबानलाई चेतावनी दिइसकेको छ।
प्रतिकृया दिनुहोस्