Friday, May 27

काबुलबाट विमानको चक्कामा लुकेर भाग्न खोज्ने अफगानी नागरिक आकाशबाट खसेको दाबी

August 16, 2021 532

अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि मानिसहरु आफ्नो ज्यानै जोखिममा राख्न थालेका छन् । सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य जहाजको चक्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना विमान उडिरहेको बेला खसेको बताइएको छ ।

काबुल सहरको माथि उड्दै गरेको विमानबाट मानिसहरू खसेको भिडियो पनि आएको छ । जसमा मानिसहरू खस्दै गरेको देख्न सकिनेदैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ । उनीहरू सैन्य विमानको टायरमा बसेर भाग्न खोजेको स्थानीयलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । विमान आकाशमा उडेपछि उनी एक–एक गरेर खसेको बताइएको छ । केही व्यक्तिको शव स्थानीयको घरको छतमा खसेको तस्बिर स्थानीयले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै काबुल विमानस्थलमा ठूलो भीड देखिएको छ । हाल विमानस्थल अमेरिकी सैनिकको नियन्त्रणमा रहेको छ । रोयटर्सका अनुसार विमानस्थलमा भएको गोलीबारीमा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा भुइँमा शवहरू देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्