Saturday, November 27

दशैमा घर आउछु भन्ने कान्छी तामाङ मलेसियामै अस्ताइन्

August 16, 2021 390

जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारकी मिठ्ठु तामाङ (कान्छी) को मलेसियामा मृत्यु भएको छ। भद्रुटारको घट्टे खोला स्थायी ठेगाना भएकी मिठ्ठुको शनिबार बिहान मृत्यु भएको हो।

वैदेशिक रोजगारीको शिलशिलामा दुई वर्ष अगाडि मलेसिया पुगेकी मिठ्ठुको अचानक मृत्युको खबरले उनका आफन्तजन स्तब्ध भएका छन् । ‘दशैमा घर आउछु भन्थिन, आज अचानक बहिनीको मृत्युको खबरले हामी भावविह्वल भएका छौं- मृतककी दिदी सुनिता तामाङले साझापथसंग भनिन् ।

मिठ्ठु दुई वर्ष अघि केहि कमाइ गर्ने लक्ष्यका साथ मलेसियास्थित केल कोतरयामा रहेको नेपाली होटल ‘मेरी बास्सै’मा पुगेकी थिइन। काम गर्ने सिलसिलामा कहिलेकाही टाउको आफै दुख्ने बताउने २५ वर्षीय मिठ्ठुको उपचारका क्रममा अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

निधन पश्चात् आवश्यक कागजात तयारी हुनसाथ शव नेपाल ल्याइने बताइएको छ। शव आउन अझै एक साता लाग्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्