Thursday, December 2

धादिङमा सुटिङको गाडी दुर्घटनाः २७ बर्षमै अस्ताइन् रेनुका !

August 17, 2021 542

म्युजिक भिडियो छायाँकन सकेर कलाकार तथा प्राविधिक बोकेर पोखराबाट काठमाडाैँ हिडेको गाडी दुर्घटनामा परेको छ ।

भिडियो छायाँकन गरेर पोखराबाट काठमाडौँ फर्किने क्रममा उक्त गाडी गएराति धादिङको गजुरीमा दुर्घटनामा परेको हो ।

धादिङको गजुरीमा राती साढे २ बजे भएको उक्त दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना फिल्म प्राविधिक ग म्भीर घा इते भएका हुन् ।

राति बा ३ ख ४०१४ नम्बरको गाडी र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ–३ की २७ वर्षीया रेनुका कुलुङ राईको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । निर्देशक परिपुलुङ राईको बहिनी हुन रेनुका ।

दुर्घटनामा परेका मध्य घाइते हुनेमा क्यामरा पर्सन दिर्घ गुरुङ, बिनोद लामा, श्याम तामाङ, नारायण गुरुङ, रमेश सुनुवार, दीपेन्द्र थपलिया, महेन्द्र लामा लगायत रहेका छन् । जसको ट्रमा सेन्टरमा उपचार भइरहेको अध्यक्ष लामाले बताए । निर्देशक परिपुलुङ राईको पोखराको एक अस्पतालमा उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा सुटिङ गाडीका चालक विजय पनि गम्भिर घाइते भएका छन् । उनको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनामा परेका दुबै गाडी भने गजुरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्