Friday, May 27

आज बढ्यो सुन-चाँदीको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

August 17, 2021 298

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ।

सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार (हिजो) प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय रुपैयाँ कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड १९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।

प्रतिकृया दिनुहोस्