Friday, January 21

अफगानिस्तानवाट उडेका १ सय २७ नेपाली काठमाडौ विमानस्थलमा ओर्लिए

August 17, 2021 446

काठमाडौ । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि जोखिममा रहेका विदेशी नागरिकले अफगानिस्तान छोडिरहेका छन् । विभिन्न कामका लागि अफगानिस्तान पुगेका नेपालीहरु पनि देश फर्किएका छन् ।

वैदेशिक रोजगारीका लागि पुगेका र विभिन्न नियोग मार्फत अफगानिस्तान पुगेका नेपालीहरु त्रिभुवन विमानस्थलमा ओलिएका छन् । अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जना नेपाली नेपाल आइपुगेका हुन् ।

कुवेतबाट १२७ नेपाली लिएर जजिरा एयरलाइन्सको विमान काठमाडौं अवतरण भएको हो । ‘विमान ल्यान्ड गर्ने समय त बिहान सवा १० बजे भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई दोहा, कुवेतलगायत देशमा ल्याएर राखिएको छ। अहिले कुवेतमा रहेका नेपालीलाई यहाँ ल्याइएको हो ।

प्रतिकृया दिनुहोस्