Thursday, December 2

चिप्ले किरा खाँदा अड्किएर उदयपुरमा एक जनाको मृत्यु

August 17, 2021 378

उदयपुरमा चिप्लेकिरा खान खोज्दा अड्किएर एक जनाको ज्यान गएको छ । जिल्लाको बेलका नगरपालिका वडा नम्बर ९ कमलाबारीका स्थानीय ६१ वर्षीय गणेश बहादुर सार्कीको मृत्यु भएको हो ।

स्थानीय प्रत्यक्ष दर्शीका अनुसार वृद्ध गणेशबहादुरले खोलाबाट ल्याएको चिप्ले किरा खान खोज्दा घाँटीमा अड्किएको थियो । उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

तर, प्रहरीले भने घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने बताएको छ । इलाका प्रहरी कार्यालय बेलकाका इन्चार्ज इन्स्पेक्टर तेज दाहालले भने, ‘अब पोस्टमार्टम रिपोर्ट आएपछि अड्किएर ज्यान गएको या अन्य केही कारण भन्ने पत्ता लाग्छ ।’

अहिले बेलका नगर अस्पतालमा राखिएको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लैजाने तयारी भइरहेको इन्स्पेक्टर दाहालको भनाई छ ।

प्रतिकृया दिनुहोस्