Thursday, December 2

२ बर्ष अगाडि डिभी परेर अमेरिका पुगेका काठमाडौंका २२ बर्षिय युवकको शव ल्याईदैँ

August 18, 2021 307

अमेरिकाको विसकन्सिन राज्यमा मृत्यु भएका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव नेपाल ल्याइने भएको छ ।

गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागरका अनुसार सृजनको शव अगष्ट १८ तारिख बुधवार साँझ ७ बजेर ५० मिनेटमा कतार एयरवेजबाट नेपाल पठाउने उडान तालिका प्राप्त भएको छ ।

सृजनको शव नेपाल ल्याउनको लागि गोफण्ड मार्फत रकम संकलन गरिएको थियो । अहिलेसम्म गो फण्डबाट २५ हजार डलर सङ्कलन भैसकेको बताइएको छ ।

उनी काममा रहेको समयमा नै अचानक मुर्छित भएपछि नजिकैको अस्पतालमा पुर्‍याएको थियो । सो अस्पतालले सृजनको थप परीक्षण र उपचारका लागि अर्को ठुलो अस्पताल पठाएको थियो । त्यहाँ पनि कुँवरको उपचार सम्भव नभएपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

काठमाडौँ जिल्ला दक्षिणकाली ४ बासवारि जन्म घर भएका कुँवर मे १० तारिख २०१९ मा अमेरिका आएका थिए । डिभीमार्फत २६ महिना अगाडि सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा सृजन कुँवरको २२ वर्षकै कलिलो उमेरमा असामयिक निधन भएको हो ।

प्रतिकृया दिनुहोस्