Tuesday, September 27

सर्लाहीमा हराएको ३ दिन पछि प्रियंकाको शव दुई युवकले प्रहरीलाई देखाए, को हुन् ती युवा ?

August 18, 2021 439

काठमाडौ । सर्लाहीमा तीन दिन देखि हराएकी एक किशोरी मृ त फेला परेकी छन्। घटनामा संलग्न भएको अभियोगमा २ युवकलाई प्रहरील्े पक्राउ गरेको छ । लुकेर बसेका युवकहरुलाई पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरुले नै किशोरीको शव देखाएका हुन् ।

मंगलबार मध्यराति लालबन्दी नगरपालिका वडा नम्बर ६ स्थित कालिन्जोर खोलामा १६ वर्षीया प्रियंका भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

प्रहरीले उनको निधनमा अन्य कसैको हात भएको आशंकामा अनुसन्धान थालेको थियो । प्रियंका हराएसंगै सम्पर्क विहिन भएका गाउँकै अन्य दुई युवकको पनि प्रहरीले खोजी थालेको थियो । उनीहरु आफन्तको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेपछि प्रियंकाको शव फेला परेको हो ।

प्रियंका गत आइतवार देखि सम्पर्क विहिन थिइन् । पक्राउ परेका युवकहरुको परिचय खुलाइएको छैन। प्रहरीलाई १८/१९ वर्षका दुई युवक पक्राउ परेको जनाएको छ । युवकहरुले नै मध्यरातमा युवतीको शव भएको ठाउँ देखाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रियंका र पक्राउ परेकाहरूबीच पहिलेदेखि नै चिनजान रहेको र उनीहरुबीच मोवाइलमा धेरै पटक कुराकानी पनि हुने गरेको देखिएको छ ।शव फेला परेपछि स्थानियले सर्लाहीमा विरोध प्रदर्शन गरेका छन् ।

प्रतिकृया दिनुहोस्