Saturday, November 27

होन्डाले सार्वजनिक गर्यो एड्भेन्चर मोडल सीबी २०० एक्स, कति पर्छ मूल्य ?

August 20, 2021 360

काठमाडौँ । होन्डाले इन्ट्री लेवल क्रसओभर बाइक होन्डा सीबी २००एक्स भारतमा लन्च गरेको छ । यसको मूल्य १ लाख ४४ हजार ५ सय भारु तोकिएको छ । हाल बजारमा प्रचलित हर्नेट १८० भन्दा १४ हजार भारु महंगो छ ।

सीबी२००एक्स एक प्रकारको कम्युटर बाइक हो, जसमा लामो स्टान्स, अपराइट राइडिङ पोजिसन, एड्भेन्चर डिजाइन र ड्युअल स्पोर्ट ब्ल्याक प्याटर्न सहितको टायर दिइएको छ। यसमा स्पोर्टी अन्डरकाउल, अपस्वेप्ट एक्जस्ट, इन्टिग्रेटेड साइड ब्लिंकरसहितको नकल कभर समेत छ ।

बाइकमा गोल्डेन कलरको अपसाइड डाउन फ्रन्ट फोर्क्स, फुल डिजिटल एलसीडी डिस्प्ले, एलईडी लाइटिङ सेटअप, इन्जिन स्टप स्विच र हाजार्ड स्विच आदि समेत उपलब्ध छ।

होन्डाको यो बाइकलाई लाइट एड्भेन्चर मोडल भनिएको छ । पहिले अनुमान गरिए जस्तो यो हर्नेटको अर्को संस्करणको रुपमा आएन । त्यसैगरी होन्डाले केही महिना पहिले पेटेन्ट गरेको एनएक्स२०० ब्याजमा पनि आएन । यो विल्कुलै नयाँ नाममा आएको छ ।

यसमा पावरका लागि १८४ सीसीको सिंगल सिलिन्डर इन्जिन छ, जसले १७ बीएचपी पावर र १६।१ एनएम टर्क जेनेरेट गर्छ। इन्जिनमा ५ स्पिड गियरबक्स छ । होन्डा हर्नेट १८० मा भएकै इन्जिन यसमा प्रयोग गरिएको छ।

प्रतिकृया दिनुहोस्