Saturday, December 4

फेसबुक लाइभमा सर्पबाट बच्ने उपाय सिकाउँदै गर्दा गोमनले डसेपछि…

August 21, 2021 234

भारतको राजस्थानमा एक सर्प विज्ञले फेसबुक लाइभमा सर्पबाट बच्ने उपाय सिकाउँदै गर्दा उनलाई गोमन सर्पले डसेको छ। गोमनले डसेपछि उनलाई अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ।

लाइभ हिन्दुस्तानका अनुसार उनले कसैको घरबाट सर्प उद्धार गरेर निकालेका थिए। उनले सर्पहरुको उद्धार गर्दै आएका थिए र उनले सर्पबाट बच्ने उपाय धेरैपटक सिकाइसकेका थिए। अधिकारीहरुका अनुसार उनले सर्प बिस्तारै पक्रिएकाले यसपटक सर्पले उनलाई टोक्न सकेको थियो।

मृतक किशोरको नाम मनिष भएको बताइएको छ। उनलाई त्यहाँ सर्पविज्ञ भनेर चिनिन्थ्यो। पाली जिल्लाको शेखावत नगरमा यसपटक सर्पले उनलाई डसेको थियो। यो घटना अगाडि उनले २ सय सर्पलाई उद्धार गरेर सुरक्षित स्थानमा छाडिसकेका थिए।

मानिसहरुले सर्प देखेभने मनिषलाई खबर गरिहाल्थे। तर मंगलबार भने दुर्भाग्यवश गोमनको टोकाइबाट उनको ज्यान गएको हो।

प्रतिकृया दिनुहोस्