Saturday, November 27

अभिनेत्री रेखा थापाको आज जन्मदिन

August 21, 2021 254

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको आज जन्मदिन परेको छ ।

उनी वि सं २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी हुन् । अबदेखि रेखा थापा ३९ वर्षमा लागेकी छिन् । जन्मदिनको अवसरमा उनलाई आज शुभकामनाको ओइरो लागेको छ ।

मोरङ जिल्लाको सलकपुर, जुन सुनसरीको इटहरीभन्दा १० किलोमिटर पूर्वमा पर्छ, स्थानीय तहको पुनर्संरचना हुँदा सुन्दर–दुलारी नगरपालिका र कोशी–हरैँचा नगरपालिका मिलेर अहिले सुन्दर–हरैँचा नगरपालिका भएको छ, त्यही ठाउँमा बुबा प्रेम थापा र आमा सरस्वती थापाका ५ सन्तानमध्ये कान्छी छोरीका रूपमा जन्मिएकी हुन् रेखा ।

चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी रेखाले हालसम्म धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन् । नेपाली रजतपटमा केही वर्ष ‘नम्बर वान हिरोईन’ को उपाधी कब्जा गर्न सफल रेखालाई बाठी केटि पनि भन्छन् । बिराटनगरमा जन्मेकी रेखा नेपाली फिल्ममा प्रवेश गरेको डेढ दशक बढि भयो ।

एसएलसी दिएर घुम्न आउँदा हिरोईन

डेढ दशकअघि एसएलसी दिएर घुम्नका लागि काठमाडौ आएकी थिईन् । त्यहि बेला नमस्ते नेपालका सञ्चालकद्धय छविराज ओझा र नरेश पौडेल नयाँ फिल्म ‘हिरो’ का लागि हिरोईनको खोजीमा थिए । नयाँ हिरोईनलाई स्थान दिने निर्माताका रुपमा उनीहरु स्थापित भईसकेका थिए ।

सञ्चालकद्धय पौडले र ओझासँगको पहिलो संवाद नै उनका लागि फलिफाप भयो । ‘हिरो’मा सहायक हिरोईनको भूमिकामा देखिएकी रेखाले सोही फिल्मका निर्माता छविराज ओझाको जीवनमा भने मुख्य भुमिका निर्वाह गरिन् ।

उनका मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, कस्ले र्चोयो मेरो मन, हिम्मतवाली, किस्मत, तथास्तु, मालिका, लगायतका चलचित्र चर्चामा छन् । उनी धेरैजसो चलचित्रमा एक्सन अवतारमा देखिएकी छिन् ।

प्रतिकृया दिनुहोस्