Thursday, December 2

टिकटकमा भाईरल ‘सारीवालीः हिरोईन जस्तै राम्री, टिकटककै लागि किनिन् १५० सारी (भिडियो)

August 21, 2021 401

टिकटकबाट अभिनय, नृत्य र अन्य बिधामा आफ्नो भविष्य खोज्नेहरु धेरै छन् ।

कतिले टिकटकबाटै उठेर आफ्नो सपना पुरा गर्दै जीवन स्तर उकासिसकेका छन् भने कति अझै त्यो सपना पुरा गर्न टिकटकमा राम्रा र स्तरिय प्रस्तुतिहरु दिन तल्लिन छन् ।

बिकृतिहरु आफ्नो ठाउँमा छन्, अर्को तर्फ राम्रा प्रस्तुतिहरु दिदै सबैलाई मनोरन्जन दिनेहरुको पनि कमि छैन, टिकटकमा । यस्तैमा बुटवलकी गोमा ज्ञावाली अर्को राम्रो टिकटक प्रयोगकर्ताको नाम हो । गोमा अघिल्लो लकडाउन यता टिकटकमा सक्रिय छिन् । सारी लगाएर टिकटकमा नाच्दै सबैको मन जितेकी गोमालाई धेरैले सारीवाली पनि भन्छन् ।

बुटवलकी गोमालाई सानै देखि नृत्यमा रुचि थियो तर उनी आफुलाई नृत्यमा पारँगत भने मान्दिनन् । व्यवसायको रुपमा उनको सारी पसल पनि छ ।

परिवारको सपोर्टमा टिकटकमा पनि अघि बढिरहेकी गोमा आफ्नो पसलमा आएका सारीहरु मनपर्यो भने आफै राख्ने पनि गर्छिन् । उनीसँग १५० माथि सारीहरु छन् । छोटा कपडा लाएर टिकटक बनाउनेहरुलाई चुनौती दिदै गोमा सारीमा सजिदै टिकटकमा आफ्नो प्रस्तुति दिदै अघि बढिरहेकी छिन् ।

हालसम्म उनलाई ६ लाख माथि टिकटक युजर्सहरुले फलो गरिसहेका छन् । धेरैले उनलाई हिरोईन जस्तै राम्री भन्छन् भने उनको हाँसो मनपर्ने पनि बताउँछन् ।

बाँकि भिडियोमा-

प्रतिकृया दिनुहोस्