Tuesday, November 30

के सविनजंगसँगको ब्रेकअपपछि राजको प्रेममा छिन् वर्षा ?

August 22, 2021 445

कलाकारका फेसन, प्रेम र रोमान्सका बिषयले मिडियामा सधै चर्चा पाउने गर्छ ।यसैक्रममा पछिल्लो समय अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालको प्रेम सम्बन्धमा चर्चामा छ ।

दुवैले खुलेर प्रेम स्वीकार नगरे पनि उनीहरू प्रेममा रहेको कुरा भने लुक्न सकेको छैन । गत वर्ष एकसाथ होली मनाएपछि प्रेममा रहेको चर्चा चलेका यी दुवै मिडियामा भने आफूहरू राम्रो साथी मात्र रहेको बताउने गरेका छन् ।

यता सामाजिक सञ्जालमा उनीहरूको पोस्ट नियाल्ने हो भने दुवै बिच प्रेम रहेको अनुमान सजिलै गर्न सकिन्छ ।

कोरोनाको कारण केही अगाडि जारी निषेधाज्ञामा एक अर्कोसँग भेट्न नपाएपछि सामाजिक सञ्जालमार्फत एक अर्काको प्रेम व्यक्त गरेका वर्षा र राज निषेधाज्ञा खुकुलो भएपछि भने दैनिक जसो एकसाथ देखिन थालेका छन् ।

केहि समय पहिला स्नेहा आश्रममा एक व्यक्तिको बर्थ–डे मनाउन समेत उनीहरू साथ पुगेका थिए । सोही दिन वर्षाले इन्स्टास्टोरीमा राजसँगको एउटा तस्बिर शेयर गरेकी थिइन् ।

तस्बिरमा वर्षाले राजको छातीमा आफ्नो शिर राखेर खुसीको मुस्कान छाडेको देख्न सकिन्छ । जुन तस्बिरबाट पनि उनीहरू प्रेममा रहेको जो कोही ले अनुमान लगाउन सक्दछन् । भने त्यसपछि पनि बर्षाले राजसँगको तस्बिर शेयर गरेकी छन् ।

खुला रूपमा प्रेम स्वीकार नगरेपनि यो जोडीले सामाजिक सञ्जालको माध्यमबाट भने प्रेम व्यक्त गरिरहेका छन् । केही अगाडि वर्षाले राजसँग भिडियो कलमा कुराकानी गर्दाको स्क्रिन सट इन्स्टामा राख्दै राजले आफूलाई सधैँ खुसी दिने प्रयास गरेको बताएकी थिइन् ।

अभिनेत्री पूजा शर्माको माध्यमबाट यी दुवै नजिकिएको बताइन्छ ।यसअघि अमेरिकामा बस्ने सविनजंग थापासँग बर्षाको प्रेम चर्चा थियो । सबिनसँग ब्रेकअपपछि वर्षा राजसँग नजिकिएकी हुन् ।

बर्षाले भने अमेरिकामा बस्ने सबिनसँगको प्रेम भने अस्विकार गर्दै अाएकी छन् । तर ब्रेकअप पछि सबिनजँगले सामाजिक संजालमा स्टाटस समेत राखेका थिए ।

प्रतिकृया दिनुहोस्