होटलमा धेरै विल उठ्यो र आफूसँग पैसा छैन भने मानिसले के गर्लान्? होटल मालिकसँग कुरा गर्लान्, या कसैसँग पैसा मागेर तिर्लान् । तर होटलमा खाए बसेको पैसा तिर्न नसकेपछि भक्तपुरमा एक जनाले भने होटल मालिकलाई तर्साउन कुकर राखिदिएका छन् । उक्त कुकरलाई ब म सम्झेर होटल मालिक भने डराएका थिए ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ४ मा शिबशरण भुजुले संचालन गरेको दिब्येश्वरी गेष्ट हाउसमा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं २ डाडाँगाउ स्थायी घर भएका वर्ष ३२ का नबिन तामाङले यस्तो अनौठो हरकत गरेका हुन् ।
भक्तपुरको मध्यपुर ठिमी नगरपलिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा धेरै बिल उठाएकाले प्रेसर कुकुर राखिदिएको काभ्रे घर भएका ग्राहक रविन तामाङ लामाले प्रहरीसामु स्वीकार गरेका छन् । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको भक्तपुर प्रहरी प्रमुख एसपी शिव श्रेष्ठले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार उनी बुद्धचित्त मालाको कारोबारमा संलग्न व्यक्ति हुन् । ‘हालसम्म तर्साउनलाई मात्र राखिएको जस्तो देखिएको छ’ प्रहरी स्रोत भन्छ, ‘कुकरमा वि ष्फो ट हुने प्रणाली राखिएको थिएन, तर्साउन मात्र खोजेको जस्तो देखिन्छ ।’ प्रेसर कुकुर राखेका वेला लामाले मा प से गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्