Thursday, December 2

सोलुखुम्बुमा घट्यो दु:खद घटना : रेनकोट मोटरसाइकलको पाङ्ग्रामा बेरिएर सुमनको घटनास्थलमै मृत्यु

August 22, 2021 286

काठमाडौं – सोलुखुम्बुमा रेनकोटका कारण मोटरसाइकल दुर्घटना भएर एक जनाको मृत्यु भएको छ । माप्यदूधकोसी गाउँपालिका २ का ३० वर्षीय युवक सुमन राईको आफैँले ओढेको रेनकोटका कारण मोटरसाइकल दुर्घटना भई मृत्यु भएको हो ।

बासाबाट सल्लेरीतर्फ बा ५४ प ७८२९ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलमा हिडेका सुमनले पानी पर्न थालेपछि रेनकोट ओढेका थिए । तर रेनकोटले नै शनिवार बिहानै सुमनको ज्यान लियो ।

वडा नम्बर ५ कागतेमा पुगेपछि उनले ओढेको रेनकोट मोटरसाइकलको पछाडिको पाङ्ग्रामा बेरियो । रेनकोट बेरिएपछि सुमन पनि भुइँमा लडे । रेनकोड घाँटीमा पासो लागेर उनको घटनास्थलमै मृत्यु भयो । तुरुन्तै प्रही त्यहाँ पुग्यो । प्रहरीले घटना हेर्दा रेनकोड घाँटीमा बेरिएको देखे ।

प्रतिकृया दिनुहोस्